कोरिया-नेपाल मैत्री अस्पतालमा निशुल्क उपचार
फोनिज कोरिया संवाददाता
भक्तपुर -भक्तपुरको ठिमीस्थित कोरिया नेपाल मैत्री अस्पतालले भूकम्प पीडितलाई निशुल्क उपचार गर्ने घोषणा गर्दै उपत्यका आसपासका विरामीको उपचार गर्नुपर्ने भए खबर गर्न आह्वान गरेको छ ।
अस्पतालले विरामीलाई अस्पताल ल्याउने एम्बुलेन्स सेवासमेत निशुल्क गर्ने र विरामीलाई निशुल्क खाना खुवाउने अस्पतालका प्रशासकीय अधिकृत कैलाशप्रसाद देवले जानकारी दिए । अस्पतालले उपत्यका र वरपरका विरामीलाई अस्पताल ल्याउनुपर्ने भए आफैंले एम्बुलेन्स सेवा उपलब्ध गराउने भन्दै ०१-६६३३४४२ नम्बरमा फोन गरी जानकारी दिन आग्रह गरेको छ ।