कोरियाले अवैंधानिक कामदारको आधारमा ईपिएस कोटा कटाउदैं
सोल -दक्षिण कोरियाले अवैंधानिक कामदारहरुको उच्चताको आधारमा ईपिइएस मार्फत कोरिया ल्याउने कामदारको संख्या कटौंती गर्ने भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले बुधबार जनाए अनुसार कोरियामा अवैंधानिक कामदारको संख्या बढदैं गएकोले नियन्त्रण गर्न सरकारले उच्च अवैंधानिक कामदार रहेका देशको ईपिएस कोटा कटौंती गर्न लागेको हो ।साथैं सरकारले कम ईलिगल कामदार रहेका देशको कोटा भने बढाउने जनाएको छ ।
सोलमा भएको पत्रकार सम्मेलनमा ।श्रम तथा रोजगार मन्त्री लि कि क्वानले भने ‘प्रत्येक राष्ट्रले आफना कामदारलाई अवैंधानिकरुपमा कोरियामा बस्नबाट रोक्न पहल गर्नुपर्छ ।’ अवैंधानिक विदेशी कामदारको संख्या गत बर्ष १५.३ प्रतिशत रहेको थियो ।
रोजगार अनुमति प्रणालीद्धारा कोरियामा सन २००४ बाट कामदार भित्रयाउन थालिएको हो ।सो प्रणालीबाट ५ लाख ४० हजार विदेशी कामदार कोरिया भित्रिसकेका छन् । कोरियामा नेपाल, चीन फिलिफिन्स थाइल्याण्ड लगायतका १५ देशले आफनो कोरियामा ईपिएस मार्फत कामदार कोरिया पठाउदैं आएको छ ।