Advertisement
SKIP THIS

NRNA कोरिया अध्यक्ष बिपिन गुरुङ र सचिव टार्जन राईलाई साधारण सदस्य समेत नरहने गरि कारबाही


गैर आवासिय नेपाली संघका अध्यक्ष बिपिन गुरुङ र सचिव टार्जन राईलाई संघले कारबाही गरेको छ। महासचिव अजय सोडारी हस्ताक्षरित विज्ञप्तिमा दुवैलाई संस्थाको साधारण सदस्यता समेत नरहने गरि कारबाही गरेको जनाएको छ।

विज्ञप्तिमा “गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियाका महासचिव श्री अजय सोडारीलाई बदनाम गर्ने र आफ्ना कमजोरीहरू ढाकछोप गर्दै विभिन्न विषय लाई विषायन्तर गर्ने उद्देश्यले संघका अध्यक्ष श्री विपिन कुमार गुरुङले कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएको कार्यसमितिको पछिल्लो ठहर रहेको ” उल्लेख गरिएको छ।

अध्यक्ष गुरुङले , विभिन्न बहानामा कार्यसमितिका सदस्यहरूलाई गालीगलौज गर्ने, संघलाई आफ्नो नियन्त्रणमा राख्ने, संघको कोष कोषाध्यक्षको नियन्त्रणमा नराखी आफ्नै नियन्त्रणमा राख्ने, र उक्त कोषलाई आफ्नै होटल व्यवसायमा मनपरी खर्च गर्ने आरोप समेत लगाइएको छ। हिजो मात्र प्रेस विज्ञप्ति जारि गर्दै अजय सोडारीलाई महासचिवबाट बर्खास्त गरेको थियो। सोडारीले संघबाट औपचारिक विदाई तथा पद हस्तान्तरणको तयारी भइरहेको अवस्थामा आफूलाई गरिएको उक्त कारवाही नाटकपूर्ण,असंवैधानिक , प्रतिसोध र हतास मानसिकताको उपज रहेको बताएका छन्।

अजय सोडारीलाई बर्खास्त गरिएको प्रेस विज्ञप्ति

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • अर्ली बर्डमा नवाज अन्सारीको टिकट सोल्ड आउट, जिमनीबाट भने बूक गर्न सकिने
  • अक्टोबर ४ मा काभ्रे सम्पर्क समितिको आठौँ अधिवेशन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...