Advertisement
SKIP THIS

उत्तर कोरियाले मिसाइलमा जोड्न मिल्ने परमाणु हतियार बनायो


सोल- उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा जोड्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको छ | त्यहाँका सर्वोच्च नेता किम जोङ उनले आफ्ना देशका वैज्ञानिकले ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार बनाएको दाबी गरेका हुन् ।

 

 

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले यसअघि नै ब्यालेस्टिक मिसाइलमा जडान गर्न मिल्ने सानो आकारको परमाणु हतियार तयार भएको यसअघि नै बताएको थियो । तर यस विषयमा सर्वोच्च नेता उनकै दाबी भने पहिलो पटक आएको हो ।

 

 

विश्व समुदायबाट अलग रहँदै आएको उत्तर कोरियाले गएको जनवरीमा हाइड्रोजन बमको सफल परीक्षण गरेको दाबी गरेको थियो । तर विशेषज्ञ भने यो दाबीको विश्वशनियतामा विवादित छन् । उत्तर कोरियाको परमाणु कार्यक्रमका विषयमा विवाद रहँदै आएको छ ।

 

 

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तरले दुई दिनअघि मात्रै अमेरिका र दक्षिण कोरियामा अन्धाधुन्ध परमाणु आक्रमण गर्ने चेतावनी दिएको थियो ।

 

 

पछिल्लो समय उत्तरले बढाउँदै लगेको परमाणु परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघले गएको हप्ता उसमाथिको प्रतिबन्ध थप कडा पारेको थियो । तर त्यसका बाबजुद पनि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकेको छैन । यसले गर्दा कोरिया प्रायदिपमा तनाव बढ्दै गएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...