प्रेम गितको तयारी पूरा


सौल –

कास्की परिवार दक्षिण कोरिया ले यहि मार्च १३  को दिन मा प्रदर्सन गर्न लागेको नेपाली चलचित्र प्रेमगीत को सम्पुर्ण तयारी पूरा भएको छ। मार्च ६  मा बसेको कास्की परिवारको बैठकद्वारा विभिन्न कार्य तथा  जिम्मेवारी बाडफाड गर्दै सम्पुर्ण तयारी पुर्ण गरिएको जानकारी कास्की परिवारका अध्यक्ष खोम प्रसाद गुरुङ ले दिएका छन्  ।

प्राय हामी मनोरञ्जनको फिल्म हेर्ने गर्दछौ तर हामी युबा पुस्ताले नेपाली फिल्म हेरेर मनोरन्जन प्राप्त गर्न सकिरहेका छैनौ उहीँ घिसिपिटी सुत्र उहीँ रोना धोना पत्याउन नसकिने खालका द्वन्दका दृश्य साथै भद्दा अङ्गप्रदर्सन अनि अस्लिल बेड सिनका दृश्य यीनै वरिपरि केन्द्रित भएर बनेका नेपाली चलचित्र हेर्दैमा कसरी मनोरञ्जन प्राप्त गर्न सकिन्छ ?भन्ने सोच हाम्रो युबा जमातमा छ जस्को कारण हाम्रा युबाहरु नेपाली फिल्म हेर्न को लागि हल सम्म धाउने कष्ट गर्दैनन उनीहरुलाई त हिन्दी तथा हलिवूडका फिल्महरुले मात्र तानी रहेको छ फिल्म हल सम्म धेरै नेपाली फिल्महरु एकै शैलीका बनेका कारण पनि नेपाली फिल्म हरु राम्रा हुदैनन भन्ने धारणा युबा पुस्तामा रहेको छ। तर समय क्रम सङै नेपाली फिल्म हरु पनि स्तरिय बन्न थालेका छन जस्का कारण हिन्दी चलचित्र हरु नेपाली हल हरु मा पर्दशन भएको१/२दिनमै हटेका उदाहरण पनि देख्न सकिन्छ आज भोलि। नेपाली चलचित्र बजार मा च एकाढ  फिल्मले बजार तताएका छन कुनै चलचित्र कथा तथा निर्माण पक्षले भन्दा पनि कलाकारको क्रेजका कारण चर्चित बनेको छन भने कुनै कथा गीत संगीत तथा छायांकन आदिका कारण बाट चर्चा को शिखरमा पुगेका छ्न । यस्तै मा गीत संगीत अनि कथा आदिका कारण नेपालि चलचित्र बजारमा अत्याधिक सफल बन्न सफल चलचित्र हो प्रेम गीत ।खासै चल्तीका कलाकार नभै नया कलाकारहरु अभिनित यश चलचित्र सफलताका साथ नेपाली फिल्महलहरुमा चौथो हप्तामा चलिरहेको छ। कलाकारहरुको जिबन्त अभिनय मन छुने कथा ससक्त गीत संगीत तथा मुस्ताङको सुन्दर भुगोलमा छायांकन गरिएको यो फिल्म हिन्दी फिल्म भन्दा पनि धेरै राम्रो बनेको भन्ने  चर्चा नेपाली सिने जगतका हस्तीहरुले  गर्दै आएका छन। नेपालमा सफलताका साथ चलिरहेको प्रेमगीत नेपाल बाहिर पनि धेरै देशहरुमा चल्ने क्रममा रहेको छ अध्यक्ष गुरुङ ले भने ।

 

यसै बिच दक्षिण कोरिया मा यस प्रेम गीतको पर्दशन कास्की परिवार दक्षिण कोरियाले मार्च १३  आइतबार कोरियाको राजधानी  सउल मा गर्ने भएको छ। उक्त दिन प्रेम गीत फिल्म हेर्न आउनु हुनको लागि कास्की परिवारले  सम्पुर्ण नेपाली हरुमा आव्हान गरेको छ । सबै नेपाली साथीहरु बिचमा रहेर हालको सफल चलचित्र प्रेम गीत हेर्दा हामी सम्पुर्णले भरपुर मनोरन्जन त लिने नै छौ त्यस्को साथै अन्य फाइदा हरु पनि लिन सक्छौ |यस बर्ष कै सर्बाधिक सफल चलचित्र प्रेम गीत प्रदर्सन गर्न लागेको कास्की परिवार ले चलचित्र प्रदर्सन गरि बचत  भएको रकम खेलकुद लगायत सामाजिक क्षेत्र मा लगाउने जनायको छ यसकारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा हामीले खर्च गरेको रकम सामाजिक सेवा मा लागानी हुने छ |प्रेमगीत फिल्म हेर्न आउनु हुने साथीहरुलाई कास्की परिवारले SK तथा KT टेलिकमको सहकार्य मा ३0000 वोन ब्यालेन्स भयको सिम कार्ड सित्तै मा प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ जुन सिम कार्ड बाट कोरिया तथा नेपाल मा फोन गर्न मिल्ने छ ।( १५०००  कोरियन वोन को टिकट खरिद गर्दा ३००००  व्यालेन्स भएको सिम फ्री मा) |

कोरियामा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई नेपाली चलचित्र प्रेम गित हेरी सहयोग गरिदिनु हुन अध्यक्ष गुरुङले हार्दिक अनुरोध गरेका छन् |

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...