Advertisement
SKIP THIS

कोरियामा नेपालीले आत्महत्या गर्ने कारण र न्यूनीकरण गर्ने उपयाहरु


डम्वर सुब्बा

हामी सबै केही सानो ठुलो सपना बोकेर जहाज चडेर कोरिया आएको हौ ।उता आफ्नो देश , माटो , परिवार,साथीभाइ ,गर्ल फ्रेन्ड, व्वाय फ्रेन्ड छोडेर केही समयको लागि आफ्नो आर्थिक हैसियत उकास्न आफ्नोसंगै परिवारको सानो ठुलो सपना पूरा गर्नको निम्ति आएको हौ ।यो सुखद कुरा हो हाम्रो लागि पनि र देशको लागि पनि तर बिडम्बना आजभोली कोरियामा नेपालीहरुको बढदो  आत्महत्याले सबैलाइ झस्काएको छ। दु:खी बनाएको छ तपाईंलाई पनि मलाइ पनि ।त्यसैले यस  लेख मार्फत यसै बिषयमा रहेर आज म मेरो केहि बिचारहरु राख्न गइरहेको छु ।

आत्महत्याको बिषयमा लेखिरहदा केही आत्महत्या सम्बन्धी तथ्यांक राख्न उचित ठाने । विश्व स्वास्थ्य संगठन को प्रतिबेदन अनुसार आत्महत्या बढि हुने देस गुएना जहाँ प्रती लाख ४४.२ जनाले आत्महत्या गर्ने गर्दो रहेछन।त्यसै गरि जहाँ हामी बसिरहेको छौ साउथ कोरिया यो तेस्रो नम्बरमा पर्दछ यहाँ प्रती लाख 28.9 जनाले आत्महत्या गर्ने गर्छन । त्यसै गरि हाम्रो देस नेपाल र तान्जनिया आठौ स्थानमा पर्दो रहेछ | प्रती लाख २४.9 जनाले आत्महत्या गर्ने गर्दो रहेछन । मैले यो तथ्यांक यहाँ किन पनि राख्न चाहे भने नेपाल र कोरिया आत्महत्या गर्ने देशम अग्र स्थान देश मै पर्छ त्यसकै केही प्रभाब पनि हुन सक्छ | जुन आज कोरियामा नेपालीहरुको आत्महत्या अब म कोरियामा नेपालिहरुले आत्महत्या गर्ने केही कारणहरु राख्न चाहन्छु |

 

 

१. कठिन र लामो समय काम

 

 

कोरिया विश्वकै समय र कठिन काम गर्ने टप ५ देश मध्येमै पर्दछ ।तर यहाँ आउने अधिकांस नेपालीहरु बिद्यार्थी छन।जुन नेपाल रहदा घरायसी काम बाहेक अरु काम खासै गरेको छैनन तसर्थ यहाको काम देखि हार्न थाल्छन।

 

 

 

२. काम गर्दा गाली गजौल दुर्ब्यबहार

 

 

 

कोरियामा काम गर्दाखेरी गाली गजौल र दुर्ब्यबहार अत्यधिक हुने गर्छ तसर्थ साथिहरुले भन्ने गर्छन (इल फोदा माल हिमदुर ) अर्थात कोरियामा काम भन्दा गाली गार्हो हुन्छ । यहाँ आफुभन्दा सानो र नया लाई अत्यधिक पेल्ने गरिन्छ तसर्थ साथीहरुलाइ तनाब उत्पन्न हुन थाल्छ।

 

 

 

३. योग्यतासंग काम नमिल्नु

 

 

 

कोरियामा आउने प्राय नेपालिहरु पढेलेखेका छन ब्याच्लर, दिग्री नभएनी प्लस टु गरेका र केही छेत्रमा स्थापित भएकाहरुनी छन। तर यहाँको काम ठिक उल्टो छ योग्यता हुने भन्दा बलियो,छिटोको काम छ तसर्थ धेरैलाई फ्रस्टेसन हुन्छ।

 

 

 

४. परिवारले दिने तनाव

 

 

उसै पनि कठिन काम र गाली गलौजले ग्रसित जो झनै घर बाट सधैको कचकच श्रीमती ,दाजु भाइ वा परिवारको सदस्यले रुखो ब्यवहार गर्दिदा झनै तनाब उत्पन्न हुने गर्दछ।

 

 

 

५.रूमको साथीहरुको ब्यवहार

 

 

 

हुन त आफू भलो जगत भलो भन्ने चलन छ तर यो सबै ठाउँ लागू नहुन पनि सक्छ । रूमको साथीनै प्रदेशमा आमा बाबा हुन जस्ले सबै कुरा बुझ्न र देख्न सक्छ।तर यहाँ साथी साथी बिच झै झगडा,मनमुटाव भएको देखिन्छ । शारीरिक हिसाबमा सानो छ भने ठुलोले पेल्ने हेप्ने गर्ने गरेको नि पाइन्छ ।साथीबाटै तनाबमा परेकोनी धेरै साथिहरु भेटिन्छन।

 

 

 

६.दीर्घ रोग सरुवा रोग

 

 

 

 

दीर्घ रोग लागेपछी निको नहुने रोग हो जुन रोग लागेपछी काम गर्न नसक्नु अनि देश फर्किने अवस्था आउनु एकातिर लाख लाख घुमाउनु अर्कोतिर कहिल्यै रोग निको नहुनु यसवाट पनि साथीहरु हरेस खान्छन।अर्को तिर कोरियाको रेड लाइन एरिया तिर प्राय साथिहरु भेटिन्छन त्यहा असुरक्षित यौन सम्पर्क गरि यौन जन्य रोगबाट ग्रसित हुनु  | होम सिक ,प्रेममा धोका , डिप्रेसन पनि कोरियामा नेपालीहरुले आत्महत्या गर्ने कारणहरु हुन |
रोकथाम र न्यूनीकरणका उपायहरु
१. स्वयम् ब्याक्तिले गर्नुपर्ने

क – मनमा सधै सकारात्मक कुरा खेलाउनुहोस
ख – आफुलाइ बिजि राख्नुहोस
ग – साथीहरू सङ हेलमेल बढाउनुहोस
घ – हप्ता पन्द्र दिनमा साथिभाइसंग सोजु पार्टी
सामेल हुनुहोस ।
ङ – परिवार साथिभाइसंग नियमित सम्पर्कमा रहनुहोस
च – फ्रेस हुन बाहिर निस्किनुहोस

 

 

२. साथीभाइले गर्नु पर्ने कार्य

 

 

 

प्रदेशमा साथी भनेको आमा बुवा भन्दा ठुलो हुन्छ | त्यसैले तपाइँहरु ग्रुपमा बस्नुहुन्छ भने सबैमा समान ब्यवहार गर्नुहोस ।कसैलाइ न एक्लाउनुहोस यदि कुनै साथी तनाबमा छ भने उस्को ख्याल गर्नुहोस तिम्लाइ थिकै छ ?के भयो आज ? सम्म भन्नुहोस जस्ले उस्को कुरा खोलोस तपाईं सङ यदि डिप्रेसन ,होम सिक भएको बुझियो भने विभिन्न संघसस्था उस्को परिवार नभए नेपाली दूतावासमा जन्कारी गराउनुहोस।

 

 

 

३. परिवारले गर्नु पर्ने कार्य

 

 

 

खाली महिना मर्ने बित्तिकै फोन गरेर पैसाको कुरा मात्र नगर्नुहोस ।माया दर्साउनुहोस सन्चो बिसन्चो सोध्नुहोस नियमित सम्पर्कमा रहनुहोस घरायसि समस्याहरु धेरै न सुनाउनुहोस ।श्रीमती हुनुहुन्छ भने दङ्गाउने घुर्काउने ठुलो ठुलो डिमान्द गर्ने नगर्नुहोस।
४.कोरियामा क्रियाशिल संघसस्थाले गर्नु पर्ने कार्य
कोरियामा क्रियाशिल संघ संस्थाहरु अत्यधिक छ जस्ले हरेक बिपतहरुमा सहयोग गर्दै आएको छ |
नेपालीले गर्ने आत्महत्यालाई न्युनिकरन गर्न कोरियामा भएको संघ सस्थाहरु लाग्नु पर्दछ विभिन्न कार्यक्रम मार्फत ।जस्तै मोटिभेसन सिबिरहरु चलाउन सकिन्छ | नेपालबाट बिकास नन्द, मनोबैज्ञानिक ब्याक्तिहरु र मोटिभेटरहरु ल्याइ अभियान कोरियामा रहेको नेपाली माझ कार्यक्रम गर्नु पर्दछ।

 

 

 

५. नेपाली राजदुताबासले गर्नु पर्ने कार्य

 

 

 

यहाँ रहेको प्रतेक नेपालिको अभिभावकनै राजदुताबास हो र आफुलाइ परेको समस्या सुनाउनु पाउनु र सहयोग माग्नु हरेक नेपालीको अधिकार हो । सहयोग गर्नु राजदुतावासको कर्तब्य हो आज यहाँ बढीरहेको आत्महत्याको बारेमा गम्भीर अध्यन अनुसन्धान गरि छिट्टै यसलाई रोक्ने न्युनिकरण गर्ने कार्यक्रम ल्याउनु पर्दछ ।

 

 

अन्त्यमा सम्पुर्ण कोरियामा रहनु हुने मजदुर,बिद्यार्थी,बुद्धिजीवी ,पत्रकार,खेलाडी, व्यवसायी ,विभिन्न पार्टीका राजनीतिज्ञ ,साथै सम्पुर्ण संघ सस्था मिलेर कोरिय मा बढ्दो आत्महत्यालाई रोक्न न्यूनीकरण गर्न सिर्जनात्मक रचनात्मक कार्यक्रम गरौ । सबै एक ढिक्का भएर अगाडी बढौ धेरै ढिलो भै सकेको छ अब अझै ढिलो नगरौ। फेरि कोहि कसैले आफ्नो अमुल्य जीवन गुमाउनु नपरोस ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...