कोरियामा एक नेपाली कोठामै झुन्डिएर आत्महत्या
सोल – कोरियाको ख्वाङ्जुमा गुल्मी अर्खलेका विजय खत्रीले कोठामै झुन्डिएर आत्महत्या गरेका छन् | उनि ईपीएस प्रणाली मार्फत २ बर्ष अघि आएको बुझिएको छ |
खत्रीले घर जाने टिकट काटेको तर कम्पनिले घर जाने अनुमति नदिए पछि तनावमा आएर झुन्डिएको हुन् सक्ने उनीसंग काम गर्ने सहकर्मीले बताएका छन् | अहिले मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ | उनि टेक्सटाइल कम्पनी कार्यरत रहेको बुझिएको छ |
यस बारे नेपाली दुतावासमा बुझ्न खोज्दा श्रम सहचारी अनिल गुरुङ अनौपचारिक जानकारी आईसकेको तर औपचारिक जानकारी नआएको बताउदै पुलिस रिपोर्ट आउन बित्तिकै घटना स्थल जाने बताए |