Advertisement
SKIP THIS

कोरियाबाट के सिक्ने ?


अखण्ड भण्डारी

एक नेपाली मित्र कोरियाको निर्माण कम्पनीमा काम गर्दा रहेछन् । संरचना वा सडक बनाइरहेको ठाउँमा उनको ड्युटी पर्छ । उनी र उनीजस्ता १० कामदार बराबर एउटा सुपरभाइजर हुन्छ । ‘गलेर उभिएको देख्यो भने सुपरभाइजरले ढुंगा टिपेर हिर्काउँछ’, उनले सुनाए, ‘तोकिएको पूरै घण्टा टुक्रुक्कसम्म नबसी काम गर्नुपर्छ ।’

 

आफूले सिकेको मेहनतको कथा गर्वसाथ सुनाइरहँदा उनले नेपालको अराजकतालाई पनि सम्झन बिर्सेनन् । ‘हामी नेपालीले नै ठगेर नबनेको रहेछ नेपाल’, उनले भने, ‘अर्कातिर काम गरेरै कोरिया बनेको रहेछ । नेपालमा काम ठग्न पल्किएकाहरू यहाँ टिक्नै सक्दैनन् । कि बानी सपार्नु पर्‍यो, कि छोड्नु पर्‍यो ।’

 

कोरियामा सरकारले न्यूनतम तलब तोकिदिएको छ । त्यो नेपालको तुलनामा धेरै आकर्षक छ । अर्थात् श्रमिकले प्रतिघण्टा ६ हजार वोन (६ सय रुपैयाँ) कम्तीमा पाउनैपर्छ । दैनिक ८ घण्टा खट्ने व्यक्तिले मासिक झन्डै डेढ लाख रुपैयाँ बसाउँछ । त्यसभन्दा बढी खटाए रेट दोब्बर गर्नुपर्छ । कम्तीमा २ लाख रुपैयाँ नकमाउने कमै नेपाली होलान् । तर, तोकिएको पारिश्रमिक दिनु रोजगारदाताको बाध्यता हुन्छ ।

 

बदलमा उसले घण्टा–घण्टा हिसाब गर्छ । प्राय: कम्पनीमा बिदाको सुविधा हुँदैन । विदा बस्यो कि त बेतलबी हुन्छ । त्यसमा पनि आफूखुसी बस्न पाइँदैन, स्वीकृति लिनै पर्छ । ईपीएसमा लगिएका हुन् वा अन्य कुनै तरिकाले पुगेर जागिर खाइरहेका, सबैले त्यही दायरामा बस्नु पर्छ । यसले के बुझाउँछ भने श्रमिक आन्दोलन नेपालको विकासमा बाधक हो । तलब राम्रो दिने, अधिकारका नाममा अराजक हुन कानुनले नै रोक्ने हो भने दुवै पक्षलाई फाइदा पुग्छ ।

 

नेपालमा मजदुर आन्दोलनकै नाममा धेरै कलकारखाना बन्द भएका छन्, जसको मार अन्तत: उनीहरूलाई परेको छ । काम गर्नेले सुविधा पाउनुपर्छ, मालिकले काम । दुवैका लागि दुवै चाहिएका हुन् । हामीले यसलाई मनन् गर्नैपर्छ ।

 

कोरियामा कार्यरत नेपालीहरूले बताएअनुसार रोजगारदाताका तीन भनाइ हुन्छन्– पूरा काम गर, राम्रो कमाऊ, धेरै खाऊ । कमाउन र खान उनीहरूले प्रेरित गर्छन् । त्यसका लागि नठगी काम गरिदिनुपर्छ । नेपालजस्तो तोकिएभन्दा १०–१५ मिनेट ढिलो पुग्ने होइन, बरु छिटो पुग्छन् जागिरेहरू । अलि छिटै फर्कने होइन, बरु केही ढिलासम्म बस्छन् । श्रमलाई पूजा ठान्छन् ।

 

बुद्धि भए सबै कुरा सम्भव छ भन्ने उदाहरण हो कोरिया । हाम्रो जस्तै युद्धले जर्जर भएको मुलुक हो यो । सन् १९६० को दशकसम्म संसारकै गरिब देशमध्ये पथ्र्यो । त्यस बेला यसको प्रतिव्यक्ति आय ६४ अमेरिकी डलर थियो । त्यो नेपालभन्दा निकै कम थियो । कंगो, हाइटी, इथियोपिया, यमनभन्दा पनि कम थियो । एसियाको भारत कोरियाभन्दा ४० प्रतिशत माथि थियो । अहिले भारतको ५ हजार ८ सय डलर प्रतिव्यक्ति कूल ग्राहस्थ आम्दानी हुँदा कोरियाको ३५ हजार ७ सय पुगेको छ ।

 

कोरियाले सन् १९९० मै ५ हजार डलर पुर्‍याएको थियो । यो विकास र प्रगतिमा चमत्कारपूर्ण किसिमले अघि बढ्यो । सन् १९४६ देखि १९७८ बीचमा अमेरिकाले मात्र ६० अर्ब डलर सहयोग गर्‍यो । जब कि त्यही अवधिमा उसले सिंगो अफ्रिकी महादेशलाई जम्माजम्मी ६९ अर्ब डलर सहयोग प्रवाह गरेको थियो । अहिले कोरिया सम्पन्नतामा अमेरिकाको हाराहारी पुग्न लागेको छ ।

 

दुई कोरियाबीच २ वर्ष १७ दिन चलेको युद्धमा करिब ५० लाखको मृत्यु भएको थियो । जापानी उपनिवेश कालमा बनाइएका संरचना सबै ध्वस्त पारिए । सर्वसाधारणले ढुंगा–माटो खानुपर्ने अवस्था थियो । भनिन्छ– त्यही बेला कोरियालीहरूले समुद्रका झारपात र लेउ खाएर जीविका चलाए । त्यही खाना परिस्कार गर्दै अहिले ‘सि–फुड’ नामकरण गरे । जुन संसारभरि लोकप्रिय छ । युद्धपछि विकासमा लागे ।

 

सैनिक ‘कू’ बाट प्रवेश गरेर निर्वाचितसम्म भएका राष्ट्रपतिहरू पार्क चुङ–ही (१९६१–१९७९) र चुन दु–हवन (१९७९–१९८८) कोरियाको चामत्कारिक सफलताका कारक हुन् । उनीहरूले निर्यातमूलक ठूलठूला उद्योगधन्दा खोलेर देशलाई विकासको तीव्रतामा हिँडाए । र, अहिलेका कोरियालीले आफूलाई संसारकै सम्पन्नहरूमध्येमा आफूलाई राख्न पाए ।

 

कोरियालीको मेहनतलाई मान्नैपर्छ । नेपाल क्षेत्रफलमा कोरियाभन्दा झन्डै डेढ गुणा ठूलो छ । कोरियाको जनसंख्या नेपालको भन्दा करिब दोब्बर छ । कोरियामा सहरहरू बढेका बढ्यै छन् । तैपनि प्राय: प्रतिकूल मौसम हुने यस देशले पुग्दो उब्जनी गरिरहेको छ । ईपीएसबाट गएका नेपालीहरूको ठूलो संख्या कृषिमा छ । कृषिप्रधान भनेर स्वघोषित हाम्रो देशका जग्गाजमिन बाँझिएका छन् । कोरियामा हामीले नै हिउँ पन्छाउँदै तरकारी फलाइदिएका छौं । त्यसो गराउन सक्नु उनीहरूको बुद्धिमानी हो ।

 

हामी पछि पर्नुको अर्को कारण सभ्यता नसिक्नु पनि हो । हाम्रा सडक र सहरमा फोहोरै फोहोर हुन्छ । कोरियामा त्यस्तो देख्नै पाइँदैन । कोरियामा जनसंख्याको आधा सवारी साधन छन् भनिन्छ । सडकमा जाम यहाँ पनि हुन्छ । तर, सार्वजनिक बसका लागि छुट्टै लेन बनाइएको छ, जहाँ अरू सवारीले छिरेर अड्काउन पाउँदैनन् ।

 

त्यसैले बस चढ्ने व्यक्ति तोकिएको समयमा गन्तव्यमा पुग्छ । एक मिनेट फरक पर्दैन । सर्वसाधारणलाई यसरी प्राथमिकता दिएर मात्र देश अघि लाग्छ । स–साना सहरका बसपार्क नेपालको अन्तर्राष्ट्रिय विमानस्थलभन्दा धेरै गतिला छन् । तर, पनि कोरियालीमा दम्भ छैन । सबैलाई झुकेर अभिभादन गर्छन् । अत्यन्त शिष्ट भाषा बोल्छन् । अरूलाई सम्मान गर्छन् । र, सफल छन् ।

 

हामी देशभित्र काम गर्दैनौं, घमण्ड गर्छौं । अति राजनीति गर्छौं । अराजकतालाई अधिकार मान्छौं । र, गरिब–भ्रष्टको सूचीमा परिरहन्छौं ।

 

सिकौं । चेतौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...