कोरियामा फ्रिसी ( युवा )प्रदर्शनको तयारी पूरा ।


सोल –

तमु धीँ दक्षिण कोरियाको आयोजनामा  प्रदर्शन हुन लागेको गुरुङ फिल्म फ्रिसी (युवा) को सम्पुर्ण तयारी पूरा भएको छ । तमु भाषा, कला, संस्कार संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्य साथ तमु हाउस ब्यवस्थापनको सहयोगार्थ फिल्म कोरियामा पहिलो पटक प्रदर्शन गर्न लागिएको तमु धींका वरिष्ठ उपाध्यक्ष तथा फ्रिसीका निर्माता एवं कोरिया प्रदर्शन संयोजक प्रितम गुरुङले जानकारी दिए ।

नेपालमा प्रदर्शनमा आई नसकेको यो फिल्मको पहिलो प्रदर्शननै कोरियाबाट हुन लागेको निर्माता गुरुङले बताए । कोरियाको प्रदर्शनपश्चात यो फिल्म नेपाल लगायत हङकङ र बेलायतमा पनि प्रदर्शन हुने तर्खरमा रहेको उनले जानकारी दिए । गुरुङ फिल्म भए तापनि फिल्ममा ७० प्रतिशत बढी नेपाली भाषाको प्रयोग गरिएको भएकोले सबैखाले दर्शकले फिल्म हेर्न सकिने फिल्म युनिटले जनाएको छ । समसामयिक कथावस्तुलाई समेटेर निमार्ण गरिएको यो फिल्मले बिशेष गरेर परदेशमा हुने अभिभावक र स्वदेशमा हुने तिनका परिवार र सन्तानमा देखा पर्ने समस्यालाई चित्रण गरिएको छ । युग गुरुङको निर्देशन तथा कथा रहेको फ्रिसी गुरुङद्धारा निर्देशित फिल्महरु मध्ये पृथक र उत्कृष्ट रहेको गुरुङ स्वयम स्वीकार्छन । कोरियाको सोलमा प्रदर्शन लगत्तै कोरियाका अरु मुख्य शहरहरु थेगु र बुसानमा पनि फिल्म प्रदर्शन गरिने निर्माता प्रितम गुरुङले बताए ।  फेब्रुअरी २८ तारिखमा सउल छङ्ग्गु छङ्ग्सोन्योन सुर्‍योङ्वानमा दिउँसो १ बजेबाट प्रदर्शन सुरु हुनेछ । फिल्म प्रदर्शन हुने हलसम्ममा मेट्रो ट्रेन लाइनको ३र ६ बाट गएर याक्सु स्टेसनको ५ नम्बर गेटबाट बाहिरिएपछी पुग्न सकिनेछ । उक्त दिन फिल्म प्रदर्शन हलमा विभिन्न नेपाली परिकारहरु सेलरोटी र खाजा नास्ताको पनि ब्यवस्था रहेको बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...