Advertisement
SKIP THIS

कास्की परिवारकाे सलनाल विशेष कार्यक्रमहरू सम्पन्न ।


सौल –
“संगठित समुहनै प्रदेशकाे साहारा हाे “भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापना भएकाे यस कास्की परिवारले काेरियन नयाँ बर्ष सलनालकाे अबसर पारेर बृहत् भेला तथा बिबिध महत्वपुर्ण कार्यक्रमहरू सम्पन्न गरेकाे छ ।फेब्रूअरि ७ तारिककाे दिन नेपाल हाउसमा अायाेजना गरियकाे बृहत् कस्केलि भेला तथा चियापान भब्यताका साथ सफल पारेकाे छ भने उक्त कार्यक्रममा काेरियाबासि कस्केलिहरूकाे तथ्याङ्क संकलनकाे कामलाई पनि अगाडि बढाएकाे छ । संथाका अध्यक्ष खाेम प्रसाद गुरूङकाे सभापतित्व , सल्लाहाकार सुरज गुरूङकाे प्रमुख अाथित्यता, र विशेष अतिथिहरू वरिष्ठ सल्लाहाकार नवीन गुरूङ,एन अार एन ए उपाध्यक्ष लक्ष्मि गुरूङ, समाजसेवि चुडामणि अधिकारी, समाजसेवि भक्त सेरचन, समाजसेवि गुप्त गुरूङ लगायत अतिथिहरू कृष्ण पुरी , धर्म गुरूङ, प्रदिप गुरूङ, अमृत प्रसाद बास्ताेला, गाेबिन्द बास्ताेला , दिल जलारि पासा, लिना गुरूङ, लाेक पारखि लक्ष्मि प्रसाद भण्डारी रहनुभएकाे थियाे ।
kaski vela2
उक्त बृहत् भेलामा कास्की जिल्ला बाट द काेरिया अाई विभिन्न संध संस्थाकाे जिम्मेवारपुर्ण पदमा पुगेर सामाजिक क्षेत्रमा पहिचान बनाउनुहुने ब्यक्तित्वहरूलाई सम्मान समेत गरेकाे संथाका सचिब पुष्पराज तिमिल्सिनाले बताउनु भयाे । उक्त भेलामा संथाका अध्यक्ष खाेम गुरूङले संथाकाे परिचय, गतिबिधि तथा भाबि याेजनाका बारेमा प्रष्ट पारि अागामि याेजनाका प्रस्ताबहरू छलफलमा राख्नुभएकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य स सचिब अमृत प्रसाद बास्ताेला ज्युले राख्नुभएकाे थियाे । त्यस्तै गरि कास्की जिल्ला बाट द काेरियामा अाई बिभिन्न पेशा र ब्यबसायमा सफलता प्राप्त गर्नु हुने ब्यक्तित्वहरूले भावि दिनहरूमा कास्की परिवारकाे सामाजिक कार्यमा हर तरहले सहयाेग गर्ने बताउनु भयकाे थियाे । साथसाथै कास्की परिवारका सल्लाहाकारहरू चुडामणि अधिकारी, कृष्ण पुरी र रितु श्रेष्ठ ले पनि अा-अाफ्नाे धारणा राख्नु भयकाे थियाे । उक्त भेलाकाे अवसरमा कास्केलि लाेक पारखि लक्ष्मी भण्डारी , देवदास पाेख्रेल, कृष्ण बास्ताेला, बलराम भण्डारी , रमिला गाैतम तथा अन्य साथिहरूले सुमधुर स्वरकाे साथमा अाकर्षक सांगितिक प्रस्तुति पनि राख्नुभयकाे थियाे ।
kaski vela1
कार्यक्रममा साधारण सदस्यताबारे, कास्केलि अाबास गृह संचालन सम्बन्धमा, खेलकुदकाे बिषयमा, क्षेत्रिय उप समितिहरू बिस्तार काे सम्बन्धमा छलफल हुनुका साथै कास्किले मार्च १३ मा प्रर्दशन गर्ने नेपाली कथानक चलचित्र ” प्रेमगित ” काे पाेस्टरकाे विमाेचन गरियकाे थियाे । उपस्थित सम्पुर्ण कस्केली दाजु भाइ दिदिबहिनीहरु को साथ छलफल को साथै चियापान कार्यक्रम पनि भएको थियो र नेपाली सेलरोटी तथा नेपाली स्वाद को अचार र तरकारीले नेपाली स्वादमा सबै कस्केलि भरपुर रम्नु भयको थियोे कास्की परिवारकाे गरिमालाई सधै उच्च राख्ने कस्केलि फुटबल तथा भलिबल खेलाडि हरूलाई स्वागत तथा सम्मान गरिनुका साथै रात्रिभाेजकाे पनि ब्यबस्था गरियकाे थियाे ।
साथसाथै फेब्रुअरी ८ तारिख काे दिन पाेखराकाे चरचित सांगितिक ब्यान्ड ” कन्दरा” का संगितकर्मिहरूलाई ताेङ्देमुन स्थित पुजा रेष्टुरेन्टमा विशेष सम्मान तथा शुभकामनाका साथमा रात्रि भाेजकाे पनि अायाेजना गरेकाे थियाे ।
kaski vela3
4 Attachments

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...