लमजुङ परिवारले मे १५मा दोस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता गर्ने


सोल-लम्जुङ परिवार दक्षिण कोरियाले आउदो मे महिनामा दोस्रो मर्स्याङ्दी च्याम्पियनसिप खुल्ला नक आउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।मेमहिनाको १५ तारिखका दिन सो प्रतियोगिता गर्न लागेको हो ।

 

फेब्रुअरी ७ तारिखमा भएको लम्जुङ परिवार दक्षिण कोरियाको वृहत् भेलाले खेलकुदलाई संस्थागत विकास र कोरियामा रोजगारीको लागि आएका सम्पुर्ण युवाहरुको फुटबलप्रती देखाएको रुचिलाई लक्षित गरि उक्त प्रतियोगिता गर्न लागेको लम्जुङ परिवारले जनाएको छ ।लम्जुङ परिवार दक्षिण कोरियाको अध्यक्ष धन गुरुङको सभापतित्वमा सम्पन्न उक्त वृहत् भेलामा कोरियान नयाँ वर्ष सलनालको शुभकामना अदानप्रदान र रोजगारी अनुमति प्रणाली (EPS) बाट कोरिया आएका आधा दर्जन भन्दा बढी युवाहरूलाई स्वागत समेत गरेका थिए ।
परिवारका भु.पु. अध्यक्ष एवं सल्लाहकार दिलिप धिताल , भिम गुरुङ , परिवारका वरिष्ठ उपाध्यक्ष बिल गुरुङ र लम्जुङ एफ.सि.का वरिष्ठ खेलाडी रोशन गुरुङले भावी दिनमा एफ.सि.र परिवारबीचमा रहेका केही मतभेदलाई अन्त्य गरि एक भएर अघि बढ्नुको विकल्प नरहेको कुरामा सबैले जोड दिदै आफ्नो मन्तव्य सहित सलनालको शुभकामना दिएका थिए।मे १५ तारिखका दिन कोरियामा रहेका सम्पुर्ण संघसंस्थाहरुलाई उक्त प्रतियोगितामा सहभागिता जनाई अन्य कुनै कार्यक्रमहरु नजुधाईदिन अध्यक्ष धन गुरुङले आग्रह गरेका छन् ।

 

स्मरणीय कुरा लमजुङ परिवारको भातृ फुटबल संगठन लम्जुङ एफ।सि।ले दुई पटक राजदुत कप २०१४ र २०१५ , तिलिचो कप २०१५ र नागार्जुन कप २०१५को विजेता समेत हो ।लम्जुङ परिवारको उक्त वृहत् भेला कार्यक्रमको सञ्चालन भने महासचिव मेघप्रसाद वाईवाले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...