ससफो कोरियाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न ,एमाले पार्टी परित्याग गरि ससफोमा प्रबेश


सोल/ कोरिया- संघिय समाजबादी पार्टी फोरम नेपाल प्रबास सङ्गठन ससफो कोरियाको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । “जातीय मुक्तिको लागि संघीयता, बर्गीय मुक्तिको लागि समाजबाद” भन्ने मूल नाराको साथमा गत फेब्रुअरी ८ सोमबार सौल स्थित नेपाल हाउसमा चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

 
सोहि अवसरमा ४ जना संघीय समाजबादी फोरम नेपाल पार्टी प्रवेश गरेका छन् । बुद्ध तामाङ् र फुर्बा तामाङ्ले एमाले पार्टी परित्याग गरि संघीय समाजबादी फोरम नेपाल पार्टी प्रवेश गरेका छन् भने दर्पण गुरुङ संजित थापा मगर यस अघी स्वतन्त्र रहेका थिए । सोहि दिन बुद्ध तामाङ घिम्पो क्षेत्र र संजीव थापा मगरलाई छनानको संयोजक तोकिएको छ ।
ससफो कोरियाका अध्यक्ष देबराज स्यांङ्तानले सफत खुवाई पार्टी प्रवेश गराएका हुन् ।

 
स्वागत मन्तब्य राख्दै धिरज गुरुङले २४० बर्ष सम्म सासन चलाउदा पनि देशले सहि दिशा लिन नसकेको गुनासो पोख्दै ब्यतिगत स्वार्थ राजनीतिक भागबन्डाले देश कालोबजारी र भ्रस्टाचारको दल दलमा फसेकोले कुनै पनि राजनीतिक दलले निकाश दिलाउन नसक्ने जिकिर गरे ।

 
सोहि अवसरमा भुजेल समाज द. कोरियाका अध्यक्ष ठाकुर भुजेलले आदिवासी जनजातीको मुद्दा बोक्दा र पहिचानको कुरा उठाउदा बिखन्डनकारिको आरोप लाग्ने गरेकोले अबको हरेक राज्यको निकायमा समान सहभागिता र अधिकार हुनु पर्ने कुरामा जोड दिए ।

 
चियापान कार्यक्रममा ससफो कोरियाका अध्यक्ष देबराज स्यांङ्तानले राज्यको हरेक संबैधानिक, प्रशासनिक निकायमा आदिवासी जनजाती , मधेसी, थारु, महिला, मुस्लिमको समान सहभागिता हुनु पर्ने कुरामा जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...