Advertisement
SKIP THIS

भुकम्प पिडित आफना नागरिकलाई राहत बाढन कोरियाले विमान पठाउने


ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाले गत शनिबार नेपालमा गएको भुकम्पमा परेका आफना नागरिकलाई उद्धार तथा राहत राहत बाढन राहत सहित जेट विमान पठाउने भएको छ ।

कोरियन एअरको २सय ६१ सिट क्षमता भएको बोइंग ७७७ जेट बिहिबार बिहान ३.१५मा काठमाण्डौं लागि छुटने भएको छ ।यो जेट विमानले तत्काल आवश्यक पर्ने खाना,पिउने पानी,ब्लाकेंट लगायत अन्य आवश्यक सामाग्री नेपालमा रहेका आफना नागरिकको लागि लिएर जानेछ ।

बिहिबार नैं ६.२५ मा ७७७ जेट विमान आफना नागरिकलाई लिएर ईन्च्छन फर्किने अधिकारीहरुले बताएका छन् । ६ सय ५० जना कोरियाली पर्यटक नेपालमा रहेका छन् ।

त्यसैंगरी कोरिया सरकारले बुधबार थप ४४ जना उद्धारकर्मी,स्वास्थ्यकर्मी, अत्यावश्यक औंषधी,२ वटा कुकुर पठाउने भएको छ ।विदेश मन्त्राालयले जनाएअनुसार सो टोली शुक्रबार नेपाल प्रस्थान गर्नेछ ।

सो उद्धार टोलीले भक्तपुरमा काम गर्नेछ भने स्वास्थ्यकर्मीहरुले नेपाल कोरिया फ्रन्डसिप हस्पिटल ठिमिमा १० दिनसम्म काम गर्नेछन् ।यसअघि नैं पहिलो १० जनाको समुह नेपालमा गएर भुकम्पडितिहरुलाई उद्धार गरीरहेका छन् ।

कोरिया सरकार र रेडक्रसले छुटाछुटटैं १० लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरीसकेका छन् भने कोरियन स्केटिङ खेलाडी किम युनाले भूकम्प पीडित बालबालिकाहरुको लागि १ लाख अमेरिकी डलर सहयोग गरेकी छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...