भुकम्प पिडित आफना नागरिकलाई राहत बाढन कोरियाले विमान पठाउने
ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाले गत शनिबार नेपालमा गएको भुकम्पमा परेका आफना नागरिकलाई उद्धार तथा राहत राहत बाढन राहत सहित जेट विमान पठाउने भएको छ ।
कोरियन एअरको २सय ६१ सिट क्षमता भएको बोइंग ७७७ जेट बिहिबार बिहान ३.१५मा काठमाण्डौं लागि छुटने भएको छ ।यो जेट विमानले तत्काल आवश्यक पर्ने खाना,पिउने पानी,ब्लाकेंट लगायत अन्य आवश्यक सामाग्री नेपालमा रहेका आफना नागरिकको लागि लिएर जानेछ ।
बिहिबार नैं ६.२५ मा ७७७ जेट विमान आफना नागरिकलाई लिएर ईन्च्छन फर्किने अधिकारीहरुले बताएका छन् । ६ सय ५० जना कोरियाली पर्यटक नेपालमा रहेका छन् ।
त्यसैंगरी कोरिया सरकारले बुधबार थप ४४ जना उद्धारकर्मी,स्वास्थ्यकर्मी, अत्यावश्यक औंषधी,२ वटा कुकुर पठाउने भएको छ ।विदेश मन्त्राालयले जनाएअनुसार सो टोली शुक्रबार नेपाल प्रस्थान गर्नेछ ।
सो उद्धार टोलीले भक्तपुरमा काम गर्नेछ भने स्वास्थ्यकर्मीहरुले नेपाल कोरिया फ्रन्डसिप हस्पिटल ठिमिमा १० दिनसम्म काम गर्नेछन् ।यसअघि नैं पहिलो १० जनाको समुह नेपालमा गएर भुकम्पडितिहरुलाई उद्धार गरीरहेका छन् ।
कोरिया सरकार र रेडक्रसले छुटाछुटटैं १० लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरीसकेका छन् भने कोरियन स्केटिङ खेलाडी किम युनाले भूकम्प पीडित बालबालिकाहरुको लागि १ लाख अमेरिकी डलर सहयोग गरेकी छिन् ।