Advertisement
SKIP THIS

सर्पोट नेपालको सांस्कृतिक कार्यक्रमको तयारी पुरा बुसान



दक्षिण कोरियाको किम्हेमा सलनालको अवसरमा हुन लागेको सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । सपोर्ट नेपाल फाउन्डेशनले एक प्रेस विज्ञप्ती जारी गरी भुकम्पले क्षति भएका विधालयको निर्माण गर्ने लक्ष्यका साथ हुन लागेको कार्यक्रम गर्न सबै तयारी पुरा गरेको जनाएको छ ।

सो वृहत सांस्कृतिक कार्यक्रममा नेपालको चर्चित कन्दरा व्याण्ड, हास्यकलाकारहरु शिवहरी पौडेल, किरण केसी , गायीका ज्योती मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

प्रेस विज्ञप्ती

सपोर्ट नेपाल फाउन्डेशनको “वृहत सांस्कृतिक कार्यक्रम भाग १ ” सफल पार्न अनुरोध सपोर्ट नेपाल फाउन्डेशन दक्षिण कोरियामा कानुनी रुपमा दर्ता भएको संस्था हो । यसले नेपालमा भएका प्राकृतिक प्रकोप र आपतकालिन अवस्थामा सहयोग गर्ने लक्ष्य लिएको छ । गत वैशाख १२ गते गएको महाभुकम्पपछि यस संस्थाको स्थापना भई कोरियामा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता राहतको काम गरिहेको छ । यहि साँस्कृतिक कार्यक्रमको दिन महाभूकम्पको सयमा संकलन र बितरण सम्बन्धि संस्थाको सम्पूर्ण हिसाब किताब पनि सार्वजानिक गरिनेछ! सामुदायिक सामुहिक प्रयासमा सबैभन्दा बढि ७ करोड वन संकलन गरेर वितरणको प्रकृयालाई पनि भुकम्पको समयमा तत्कालै शुरु गरेर जनविश्वास लिन सफल भएको छ । चरण चरणमा आफ्नो आय व्यय प्रस्तुत गरिरहेको फाउन्डेशनले गत किम्हेको दशैं कार्यक्रममा आफ्नो आय व्यय प्रस्तुत गरेको थियो । अर्को चरणका आय व्यय सहितको पुरा विवरण आगामी वोर्ड वैठकबाट ६ तारिख नया कार्ययोजना सहित राख्ने तयारी रहेको छ । भुकम्प पछि तत्कालिन राहतको रुपमा आपतकालिन राहतको जस्ता , चामल, टेन्ट औषधी जस्ता सामाग्रीको लागि ३ करोड वन जति खर्च गरिएको छ । यसैगरी दिर्घकालीन पुर्ननिर्माणको लागि भुकम्प प्रभावित जिल्लामा स्कुल बनाउने कार्य शुरु भईसकेको छ ।

 

जसअनुसार ११ लाख ६६ हजार रुपैयाको लागतमा काभ्रेको स्कुलको निर्माण कार्य पुरा हुन लागको छ । यसैगरी नुवाकोट र सिन्धुपाल्चोकको लागि ७ /७ लाखको दरले सहयोग गर्ने निर्णय भए अनुसार काम शुरु भएको छ । अन्य धादिंक , मकवानपुर, गोरखा दोलखा जिल्लाहरुमा स्कुल निर्माण गर्ने योजना फाउन्डेशनको रहेको छ । सपोर्ट नेपाल फाउन्डेशको यो स्कुल निर्माणको दिर्घकालिन योजनामा कोरियामा रहेका विभिन्न संघ संस्था तथा समुदायले देखाउनुभएको सहयोग प्रति हामी आभार व्यक्त गर्दछौं । सांस्कृतिक कार्यक्रम संगैं सहयोग अभियानमा १ लाख अर्थात १०हजार नेपाली भन्दा बढि सहयोग दिने व्यक्तिको नाम सम्बन्धित स्कुलमा शिलालेख राख्नुको साथै फाउन्डेशनको आजीवन सदस्यता समेत दिईनेछ ।

 

 

कार्यक्रमलाई सफलताको साथ सम्पन्न गर्न सबै तयारी पुरा भएको छ । नेपालमा शिक्षाको उज्यालोबाट बालबालिका तथा विधार्थी प्रभावित बन्न नपरोस भन्ने सपोर्ट नेपालको यो महान अभियानमा कोरियामा रहेका सम्पुर्ण संघ संस्था, श्रमिक ,व्यापारी , पत्रकार , विधार्थी, महिला , समाजसेवी, सबैको पुर्ण सहयोग हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । नेपालको चर्चित कन्दरा व्याण्ड सहित हास्य कलाकारहरु शिवहरी पौडेल, किरण केसी र गायिका ज्योती मगरको उपस्थीतीमा यही फ्रेबुअरी ७ तारिख आइतबार किम्हे उन्दोङजाङमा हुन लागेको “वृहत सांस्कृतिक कार्यक्रम भाग १” मा उपस्थित भई सफल पारिदिन हुन कोरियामा रहेका सम्पुर्ण संघ संस्था तथा नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछौं ।

बोर्ड अध्यक्ष विनोद कुँवर

कार्यकारी निर्देशक यज्ञराज सुवेदी

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...