सोनाम ल्होछारको सम्पूर्ण तयारी पुरा – तामाङ् संघ द. कोरिया
सोल/कोरिया – नेपाल तामाङ् संघ द. कोरियाले सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम २०१६ को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । तामाङ् समुदायको महान चाड सोनाम ल्होछार २८५२ औ टे, मकर ल्हो ( बाँदर बर्ष ) को अबशरमा आयोजना गरेको सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष देब सिङ तामाङ्ले बताए ।
बिगतको बर्षहरु झैँ यस बर्ष पनि नेपाल बाट ख्याती प्राप्त तामाङ् कलाकार हरु गायक बिश्व दोङ्, सागर एस वाईबा र गायिका शशिकला मोक्तान कोरिया आउने भएका छन् । कोरियाको नयाँ बर्ष ( सलनाल ) को पहिलो दिन अर्थात फेब्रुअरी ७ मा धुमधाम संग मनाउन लागिएको उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रण गरिएको तामाङ् कलाकार हरुको बेजोड प्रस्तुति रहने छ भने स्थानीय कलाकार हरुको साथ रहने छ । तामाङ् सेलो नृत्य र मेहेन्दो मायाँ गीत र नृत्य कार्यक्रमको मुख्य आकर्षण रहने छ साथै ल्होछार विशेष परिकारको व्यवस्था गरिएको संघले जनाएको छ ।
तामाङ् संघ कोरियाले कोरियामा रहेका बिभिन्न जातिय, क्षत्रिय, सामाजिक, राजनीतिक संघ संस्था र ब्यापारी , बुद्दिजिबि, पत्रकार आदि सम्पूर्णलाई निमन्त्रणा गरिसकेको जनाएको छ । साथै कारणबस निमन्त्रणा आईनपुगेको भए यसै समाचार लाई आधार मानी गरिमामय उपस्थितिको लागि संघले अनुरोध गरेको छ।
सांस्कृतिक कार्यक्रममा उपस्थित भै भब्य रुपमा सफल बनाउनको लागि द. कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय र संघ संस्था संग संघले अनुरोध गरेको छ । तामाङ् समुदाय लाई जातिय पोशाकमा उपस्थित हुन् संघले आग्रह गरेको छ ।
कार्यक्रम हुने मिति, स्थान र समय
मिति – २०१६ फेब्रुअरी ७ आईतबार ( सलनालको पहिलो दिन )
स्थान – सउल छंगु छंगसोन्यन सुर्यग्वान हल ( ट्रेन लाईन न. ३ र ६ गेट न. ५ )
समय – बिहान १२ बजे