Advertisement
SKIP THIS

एक हजार जनाको नाम कोरिया जाने रोस्टरबाट हट्दै


 

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूची (रोस्टर)मा रहेका मध्ये १ हजारको नाम हट्ने भएको छ । सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अवधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो ।

 

 

सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रमसम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको ईपीएस कोरिया शाखाले जनाएको छ । सूचीबाट नाम कोरियाको मानव संशाधान विभाग (एचआरडी)ले हटाउनेछ । ती कामदार २ वर्षदेखि कोरिया जाने पर्खाइमा छन् । रोस्टरबाट हट्नेमध्ये कृषि क्षेत्रमा उत्तीर्णहरू हुन् । कृषि क्षेत्रमा नेपालीको न्यून माग छ । सन् २०१३ मा ८ हजार ५१ कामदार उत्तीर्ण भएका थिए ।

 

 

“सन् २०१३ भाषा परीक्षा उत्तीर्ण भएका मध्ये १ हजार कामदारको रोस्टरको अवधि सकिन लागिसक्यो, त्यही कारण अबको श्रमसम्झौतामा २ वर्षअघि उत्तीर्ण कामदारलाई प्राथमिकता दिन कोरियासँग कूटनीतिक पहल गरिरहेका छौं,” ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले भने, “त्यसमा प्राथमिकता दिए रोस्टरमा परेर कोरिया जान नपाइने कामदार न्यूनमात्रै हुनेछन् । सकेसम्म भाषा परीक्षा उत्तीर्ण सबै कामदारलाई पठाउने लक्ष्य छ ।”

 

 

उत्तीर्ण भएका मध्ये अधिकांश कामदारलाई पठाउन अवैध दर कम गर्ने, प्रक्रिया छिटो र पारदर्शी बनाउन लागिरहेको बाँस्तोलाले बताए । कोरियाले कोटा तोक्दा पनि यही व्यवस्थालाई आधार मान्छ । “रोस्टरमा परेर जान नपाएका कामदार वार्षिक रूपमा घटिरहेका छन्,” उनले भने, “यो हाम्रो उपलब्धि हो ।” सन् २०११ मा ४ हजारको नाम रोस्टरबाट हटेको थियो । २०१३ को सूचीबाट हजारको र २०१४ बाट सयजना कामदारको नाम हट्ने अनुमान शाखाको छ ।

 

 

२ महिनाको अवधिमा कामदारको नाम क्रमशः हट्दै जानेछ । “रोस्टरको सूची एकैपटक बनेको हुँदैन, केहीको १ साताअघि केहीको १ महिनापछि रोस्टर बनेको हुन्छ,” बाँस्तोलाले भने, “त्यही कारण फरक–फरक समयमा रोस्टरबाट नाम हट्नेछ ।”

 

 

कोरियाले पनि रोस्टरमा रहेका कामदार बढी जाउन् भन्ने उद्देश्यले कमलाई मात्र उत्तीर्ण गराउन थालेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...