Advertisement
SKIP THIS

सलनालमा कास्की परिवारको बृहत भेला हुने


सोल-“संगठित समूह नै  प्रदेशको साहारा हो” भन्ने मुल नाराका साथ सन् २००८ मा स्थापित सम्पूर्ण कास्केलीहरुको साझा घर हो, कास्की परिवार । विगतका वर्षहरुमा  सामाजिक तथा खेलकुद क्षेत्रमा सकृय रहदै विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आएको कास्की परिवार भविष्यमा अझ अरु कसरी सकृय हुने र सम्पूर्ण कास्केलीलाई कसरी एकजुट बनाउने भन्ने मुख्य उद्देश्य राखी कोरियन नयाँ बर्ष सलनाल को अबसर पारी कास्की जिल्लाबाट आई यस प्रवासी भूमि दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहनु भएका मजदुर, व्यावसायी, विद्यार्थी, खेलाडी एवं पारिवारिक भिषामा रहनु भएका  सम्पूर्ण कास्केलीहरुको बृहत भेला तथा चियापान कार्यक्रम गरिने संस्थाका सचिब पुष्पराज तिमिल्सिनाले बताउनु भयो ।

 

 

गत २०१६–०१–१० तारिक आईताबारका दिन परिवारको मासिक नियमित बैठक राजधानी सउलको दोङ्गदेमुनमा अवस्थित पुजा रेष्टुरेन्टमा संस्था अध्यक्ष श्री खोम प्रसाद गुरूङको अध्यक्षतामा बसेको कार्यसमितिको पुर्ण बैठकले विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल गर्दै विविध निर्णयहरु गरेको थियो । कास्की परिवारका सहसचिव श्री अमृत बास्तोला ज्यू हिन्दु जागरण अभियान दक्षिण कोरियाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा वहाँको सफल कार्यकालको कामना र हार्दिक बधाई ज्ञापन गर्दै शुरु भएको मासिब बैठकमा अन्य विषयहरुमा पनि छलफल गरिएको थियो ।

 

 

 

उक्त बैठकले बृहत भेला तथा चियापान कार्यक्रम आगामी २०१६ फेब्रुवरी ७ आईताबारका दिन नेपाल हाउसमा गर्ने तय गरेको हो । उक्त बैठकमा कोरियामा रहने कास्केलीहरूको तथ्याङ्क संकलन को प्रगती बारे पनि छलफल भएको थियो । तसर्थ कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहनु भएका विभिन्न पेशामा आवद्ध सम्पूर्ण कास्केली दाजुभाई दिदीबहिनीहरुलाई अनिवार्य उपस्थित भई बृहत भेलामा सहभागी भईदिनुहुन कास्की परिवारले हर्दिकताका साथ विनम्र अनुरोध गरेको छ ।

 

 

उक्त भेला तथा चियापन समारोहमा कास्की जिल्लाबाट दक्षिण कोरिया आई विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने पनि जनाईयको छ । साथै नेपाली स्वादमा खाजा एवं चियापान पनि गराईने कार्यक्रम रहेको अध्यक्ष गुरुङ्गले बताउनु भयो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...