तामाङ् संघ कोरियाले ल्होछार मूल आयोजक समितिको भेला र सम्मान तथा बिदाई कार्यक्रममा उपस्थित हुन् आग्रह
सोल/कोरिया- नेपाल तामाङ् संघ द.कोरियाले ल्होछार मूल आयोजक समितिको बृहत भेला र जनजाती महासंघ द. कोरियाका अध्यक्ष तथा तामाङ् संघ कोरियाको निवर्तमान कोषाध्यक्ष चित्र मोक्तान लाई सम्मान तथा बिदाई कार्यक्रम गर्ने भएको छ ।
यही आउँदो फेब्रुअरी ७ मा हुन् गैरहेको २८५२ औं (टे ल्हो) “सोनाम ल्होछार सांस्कृतिक” कार्यक्रमको ब्यबस्थापन, आर्थिक,सामाजिक, पूर्व तयारी र अन्य बिबिध बिषयमा छलफल गर्नको लागी उक्त बृहत भेला गर्न लागीएको संघ का अध्यक्ष देब सिङ् तामाङ्ले बताए ।
साथै उनले जनजाती महासंघ द. कोरियाका अध्यक्ष तथा तामाङ् संघ कोरियाको निवर्तमान कोषाध्यक्ष चित्र मोक्तान कोरियाको निश्चित अबधि पुरा गरी नेपाल फर्किन लागेकोले उनले तामाङ् संघमा गरेको बिशेष योगदानको कदर गर्दै, सम्मान तथा बिदाई कार्यक्रम गर्न लागिएको बताए ।
उक्त ल्होछार मूल आयोजक बृहत भेला र सम्मान तथा बिदाई कार्यक्रममा ल्होछार मूल आयोजक समितिको सम्पूर्ण पदाधिकारी, बिभिन्न संस्थाका प्रतिनिधि, कोरियामा रहनु हुने तामाङ् समुदाय,ब्यापारी, बुद्दिजिबि, पत्रकार सम्पूर्ण लाई निम्न मिति, स्थान, र समयमा गरिमामय उपस्थितको लागी नेपाल तामाङ संघ द. कोरिया हार्दिक अनुरोध गरेको छ ।
मिति – २०१६ जनवरी १७
स्थान – सुभेच्छा रेस्टुरेन्ट (दोंगदेमुन)
समय – दिनको १२ बजे (ठिक समयमै उपस्थित भैदिनु होला)
सम्पर्क
अध्यक्ष- देव तामाङ -०१०-४२९०-५५३०
ब. उपाध्यक्ष -बिकास मोक्तान -०१०-६४९२-५९१५
का.सचिब – जीबी लामा -०१०-४६४८-८७०८