इपिएस कामदारको पैसा जलबिधुतमा लगानी हुने


नवराज ढकाल

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको कमाइ जलविद्युत् कम्पनीमा लगानी गर्ने भएको छ।  सुरूमा दक्षिण कोरियामा गएका कामदारको लगानीमा जलविद्युत् परियोजना सञ्चालन गर्ने र विस्तारै अन्य मुलुकमा काम गर्नेलाई समेत लगानी प्रोत्साहित गर्न लागिएको हो। रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने सरकारी योजना छ।

 

 

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाको अगुवाइमा हाइड्रोपावर परियोजना सञ्चालन हुँदैछ। ईपीएसले हाल कोरियामा काम गरिरहेका र त्यहाँबाट फर्किसकेकालाई समेत सहभागी गराएर हाइड्रोपावर परियोजना सञ्चालन गर्न प्रारम्भिक तयारी गरेको हो।

 

 

परियोजना सञ्चालन गर्न हाल अर्थमन्त्रालयसँग अनुमति माग्ने काम भइरहेको इैपीएस कोरिया शाखाले जानकारी दिएको छ। अर्थबाट स्वीकृत हुने बित्तिकै परियोनाको प्रक्रिया अघि बढ्ने ईपीएस कोरिया शाखाले बताएको छ।

 

 

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले दक्षिण कोरियामा काम गरिरहेका र फर्किएका दुवै पक्षलाई लगानी गर्न दिने गरी हाइड्रोपावर परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए। ‘परियोजना छनोट हुन बाँकी छ। अर्थमन्त्रालयबाट अनुमति लिएपछि कुन परियोजना र कति मेगावाटको भनेर पहिचान हुन्छ’, उनले भने।

 

 

कति रकम उठ्छ त्यस आधारमा पनि परियोजना र मेगावटका बारेमा स्पष्ट हुने उनले जानकारी दिए । ‘रेमिट हाइड्रो सञ्चालन गर्ने निश्चित भइसकेको छ । यसै वर्षबाट काम सुरू हुन्छ’, उनले भने। सरकारको समन्वयमा परियोजना सञ्चालन हुने भएकाले विस्तारै दक्षिण कोरियाबाहेक अन्य जुनसुकै मुलुकमा गएका कामदारलाई पनि लगानी गर्न दिने योजना रहेको प्रमुख बास्तोलाले जानकारी दिए। हाल दक्षिण कोरियामा मात्रै ३४ हजार नेपालीले काम गरिरहेका छन्। कोरिया जानेको संख्या बर्सेनि बढ्दो छ। कोरियामा गएकाले मासिक न्यूनतम एक लाख नौ हजार कमाउँछन्।

 

 

एक वर्ष काम गरिसकेकाले ओभर टाइमसमेत गर्दा दुई लाख ५० हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन्। कोरियामा काम गरिरहेकाको कमाई आकर्षक भएकाले हाइड्रोपावरमा लगानी गर्न सक्ने क्षमता बढी देखिएको छ।

 

 

ईपीएस कोरिया शाखाले दक्षिण कोरियामा काम गरेका कामदारसँग हाइड्रोपावर परियोजनामा लगानी गर्ने सम्बन्धमा अन्तक्र्रिया गरिसकेको प्रमुख बास्तोलाले जानकारी दिए।वैदेशिक रोजगारी र रेमिटेन्सको समुचित उपयोगका सम्बन्धमा अध्ययन गरिरहेकाहरू भने विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीलाई परिचालन गरेर जलविद्युत्, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका परियोजनामा लगानी गर्नुपर्ने बताउँछन्।

 

हाल रेमिट्यासको ८० प्रतिशत रकम अनुत्पादनमूलक क्षेत्रमा खर्च हुँदै आएको छ । सरकारले रेमिटेन्स परिचालन गरी उत्पादनमूलक तथा सेवा क्षेत्रमा लगानी गर्न नसक्दा विदेशबाट आएको ८० प्रतिशत रकम अनुत्पादनमूलक क्षेत्रमा खर्च भएको हो।

 

 

 

कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत हिस्सा भए पनि उत्पादनमूलक काममा भने रेमिटेन्सको उपयोग न्यून रहेको अवस्था छ।रेमिटेन्सका अध्येता डा.गणेश गुरूङ विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली सहभागी हुने गरी हाइड्रोपावरलगायतका परियोजना सञ्चालन गर्नुपर्ने बताउँछन्।

 

 

 

रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने हो भने तत्काल सरकारले कदम चालिहाल्नुपर्छ। लगानी मोडालिटी बनाएर विदेशमा काम गरिरहेकाको अपनत्व अनुभव हुने गरी लगानी परिचालन गर्नुपर्ने उनको भनाइ छ। लगानीपछि मुनाफाको सुनिश्चितता भएमा रेमिटेन्सको ठूलो हिस्सा जलविद्युत्लगायतका परियोजनामा आउने उनले बताए।

 

 

 

हाल सरकारको अनुमति लिएरै वैदेशिक रोजगारीमा ४० लाख नेपालीले काम गरिरहेका छन्। वार्षिक ६ खर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिन्छ। यसको निश्चित प्रतिशतमात्र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके पनि हाइड्रोपवारलगायतका अन्य थुप्रै परियोजना बन्न सक्छ।

 

 

 

हाल रेमिटेन्सको २० प्रतिशत रकममात्र उत्पादन तथा सेवामूलक व्यवसायमा लगानी भएको छ । रेमिटेन्सको ठूलो हिस्सा उपभोगमै सकिन्छ। यसबाहेक घरजग्गाजस्ता अनुत्पादनमूलक क्षेत्रमा पनि ठूलै रकम खर्च भएको डा.गुरूङ बताउँछन्।

 

 

 

यस्तै, जलविद्युत् लगानी तथा विकास कम्पनीले पनि रेमिटेन्स परिचालन गरी हाइड्रोपावर परियोजना सञ्चालन गर्ने तयारी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले विदेशमा काम गरिरहेका नेपालीको लगानीमा हाइड्रोपावर परियोजना सञ्चालन गर्न कम्पनीसमेत स्थापना भइसकेको जानकारी दिए।

 

 

 

‘विदेशमा बसेका नेपालीले लगानी गर्ने गरी एक सय २५ मेगावाटको हाइड्रोपावर योजना सञ्चालन हुँदैछ, कम्पनी स्थापना भइसकेको छ’, उनले भने।जलविद्यत् लगानी कम्पनीमार्फत स्वदेशी तथा विदेशमा रहेका व्यक्तिको समेत सहभागितामा अन्य थुप्रै हाइड्रोपावर कम्पनीमा लगानी जुटाउने काम भइरहेको छ।

 

 

 

कम्पनीले परियोजनामा ऋण लगानी गर्दैआएको छ । ईपीएस र जलविद्युत् कम्पनीले सञ्चालन गर्ने परियोजनाबाट लगानीकर्ताले आकर्षक प्रतिफल पाउन सके अन्य थुप्रै परियोजनामा लगानी गर्न विदेशमा रहेका नेपाली आकर्षित हुने डा.गुरूङ बताउँछन्

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...