Advertisement
SKIP THIS

ओएनएफ कोरियाको अधिबेसन सम्पन्न, अध्यक्षमा बसेल


सौल -ने क पा एमालेको प्रबाशी संगठन प्रबाशी नेपाली मंच ( ओ एन एफ्) दक्षिण कोरियाको पाँचौ अधिबेसन यहि २०१६ जनवरी ३ तारिख आइतबारका दिन सौलको बुलग्वान स्थित एम टि यु हलमा भव्यताका साथ सम्पन्न भएको छ|

 

निर्धारित समय भन्दा २ घण्टा ढिलो सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका महासचिब ईश्वर पोख्रेलले  प्रबाशी नेपाली मंच ( ओ एन एफ्) दक्षिण कोरियाको पाँचौ अधिबेसनको उद्घाटन समारोहमा ५ वटा मैन बत्ति बालेर उद्घाटन  गरेका थिए|

सहिदहरु प्रति १ मिनेट मौन धारण पश्चात उद्घाटन मन्तब्यको क्रममा महासचिब पोख्रेलले पाँचौ अधिबेसनको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दै भने प्रबाशमा आएर संगठन खोल्नु राम्रो हो तर एकले अर्काको खुट्टा तान्ने प्रबृत्ति भएकोले यस्तो कार्य नगरी यहाँ (कोरियामा) रहेका सबै संगठनहरुले साझा समस्यालाई पहिचान गरि सामुहिक रुपमा समाधान गर्न मिलेर अगाडी बढ्नु पर्छ| मानिसहरु बिदेशमा बाध्यताले रोजगार गर्न पनि गएका छन् भने उन्नति र प्रगति गर्नकालागि सिप र प्रबिधि सिक्न व्यापार गर्न, अध्ययन गर्न पनि गएका छन् | कम्तिमा कोरियामा  रहेका युवाहरुले आर्जन गरेको रेमिटान्सलाई कसरि सुरक्षित तरिकाले नेपाल पठाउने र त्यसलाई  कसरि प्रभाबकारी तरिकाले  लगानी गर्ने? भन्ने बिषयमा यहाँ रहेका संघ संस्थाहरुले राजदूतावास र  बिज्ञहरुलाई समेत समाबेश गरि  अन्तर संगठन वर्कसप संचालन गरि ठोस रुपमा  साझा प्रस्ताप तयार गर्नुस र  नेपाल सरकारलाई पेश गर्नुस त्यसलाई  कार्यन्वयन गर्न म लाग्ने छु| महासचिब पोख्रेलले भने |

iswar pokhrel

५ औँ अधिबेशनको पूर्ण सफलताको शुभकामना मन्तब्य दिनेहरुमा  बिशेष अतिथि पुर्बी एसिया इन्चार्ज तथा बैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र राई, कोरियाका लागि नेपाली कार्यबाहक राजदुत तथा उपनियोग प्रमुख किरण शाक्य, एन आर एन ए कोरियाका अध्यक्ष राजु क्षेत्री, नेपाली सम्पर्क समितिका अध्यक्ष प्रेम शाह, नेपाल आदिबासी जनजाती महासंघका बरिष्ठ उपाध्यक्ष पवन राई,नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष अशोक मैनाली,नेपाली जनसम्पर्क समितिका अध्यक्ष गिरिराज कुँवर,नेपाली जन अधिकार मंचका अध्यक्ष गणेश कालिकोटे, संघिय समाजबादी फोरमका उपाध्यक्ष यम कुमार राई, बरिष्ठ समाजसेबी तथा ओ एन एफ् का  सल्लाकार रुद्र शर्मा एम् टि यु का अध्यक्ष उदय  राई ओ एन एफ् का पूर्व अध्यक्ष मान ध्वज राई  लगायतका अतिथिहरु रहेका थिए |

onf rajan rai

 

पहिलो उद्घाटन सत्र को समापन पश्चात बन्द सत्रको लागि निर्बाचन कार्य सम्पन्न गर्नको लागि ७ सदस्यीय  अध्यक्ष मण्डलको घोषणा कार्यक्रमका सभापति गोबिन्द गाउलेले गरेका थिए जसमा संयोजक रुद्र शर्मा र अन्य सदस्य हरुमा गंगा राज राई , ध्यान राई, झक थापामगर , चेत बहादुर बस्नेत,शंकर बस्नेत र प्रेम ज्ञवाली रहेका थिए|बन्दशत्र मा २ बर्ष सम्म गरिएको कार्यहरुको समिक्षा अर्थात् प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन माथि छलफल गरि अनुमोदन गरिएको थियो |

onf 5th adhibesan

निर्बाचन प्रकियामा ६ जना उम्मेदवारले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएता पनि सर्बसम्मतरुपमा  सालिक ग्राम बसेलको अध्यक्षतामा निर्बाचन कमिटिले १६  सदस्यीय  केन्द्रीय कार्य समितिको घोषणा गरेको थियो|जसमा अध्यक्ष सालिक ग्राम बसेल(उनि निबर्तमान प्रबक्ता तथा चौथों अधिबेसनमा अध्यक्ष पदको उम्मेदबार थिए ) , उपाध्यक्षहरुमा क्रमस दुर्गा प्रसाद न्यौपाने, मिना थापा मगर र महेश्वर भण्डारी, महासचिबमा शिब लाल पन्थी,सचिबहरुमा रमेश कुमार मगर  र सन्जिब कुमार राई कोषाध्यक्षमा कृष्ण खड्का ,सह-कोषाध्यक्षमा राजु लाल तामांग,प्रबक्तामा मिलन राई  सदस्यहरुमा आनन्द अधिकारी, प्रेम प्रशाद पौडेल ,प्रकाश अधिकारी, डिल ब.पाण्डे,कृष्ण बहादुर रानाभाट र डम्बर बहादुर साउद निर्बिरोध चयन भएका थिए|

onf new comiti sapath

प्रबाशी नेपाली मंच ( ओ एन एफ्) दक्षिण कोरियाको पाँचौ अधिबेसन निबर्तमान अध्यक्ष गोबिन्द गाउँलेको सभापतित्वमा सचिब दिपेन्द्र अधिकारीले संचालन गरेका थिए भने उपाध्यक्ष राम प्रसाद राईले उपस्थित सम्पूर्ण अतिथि महानुभाबहरुलाई मन्तब्यले स्वागत गरेका थिए |

आइतबार नै नब निर्बाचित पदाधिकारीहरुलाई निर्बाचन समितिले सपथ खुवाएको थियो भने निबर्तमान अध्यक्ष गोबिन्द गाउँलेले चौथों कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु ,कोरियामा रहेका सबै संघ संस्था ब्यापारी मजदुर लगायत पाचौं अधिबेसन लाई सफल बनाउन आमन्त्रित अतिथि, प्रतिनिधि साथै पर्यवेक्षक सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका थिए|

onf gobinda gaunle

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...