ओएनएफ कोरियामा रहेका नेपालीहरुको उन्नती,प्रगतिमा समर्पित रहनेछ-गोबिन्द गांउले


नेकपा एमालेको भगिनी संस्था प्रवाशी नेपाली मन्च दक्षिण कोरियाको पाँचौ अधिबेसन आगामी आइतबार हुन गइरहेको अवस्थामा अधिबेसनको तयारी ,भावी कार्ययोजना र नेतृत्व चयनका बिषयमा रहेर अध्यक्ष गोबिन्द गांउलेसंग फोनिज कोरिया डटकमका लागि लिलु डुम्रेले गरेको कुराकानी :-

 

प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेसनको तयारी कुन अवस्थामा पुगेको छ ?

 

हामी अहिले हाम्रो सङ्गठन ओएनएफ  कोरियाको ऐतिहासिक पाचौ अधिबेशनको सङ्घारमा उभिएका छौ । अधिबेशनको तयारी लगभग पुरा भएको छ । पार्टी केन्द्रबाट प्रमुख अतिथीको रुपमा महासचिब कमरेड इश्वर पोखरेल र अतिथिको रुपमा पार्टी पुर्बी एसिया इन्चार्ज कमरेड राजन राइ आउनु हुने निश्चित भएको छ । अधिबेशनको लागी हलको टुङ्गो लागेको छ । प्रतिनिधी छनौट पनि भैसकेको छ , बिधान , राजनैतिक,साङगठनिक,आर्थिक प्रतिबेदनहरु ड्राफ्ट गरिसकिएको छ । त्यसै गरि अधिबेशन् सफल बनाउन गठित बिभिन्न उपसमिसमितिहरुले समेत आफ्नो काम पुरा गरिसकेका छन । त्यसै गरि हाम्रा सल्लहकारहरु , केन्द्रिय कमिटी र क्षेतृय कमिटिका सबै कमरेडहरु अहिले अधिबेशन केन्द्रित आन्तरिक छलफलमा ब्यस्त हुनुहुन्छ ।

 

 

यो अधिबेसनले भावी नेतृत्व र नीति कस्तो तय गर्नेछ?

 

यो अधिबेशनबाट ओएनएफलाइ सशक्त सङ्गठनको रुप दिन एकता र बिश्वासमा आधारित सहमतिको नेतृत्व स्थापित हुनेछ । नितिको बारेमा भन्नु पर्दा जनताको बहुदलिय जनबादमा आधारित सिद्दान्तलाइ आत्मसात गर्दै सन १९९६ मा ओएनएफ को स्थापना कालदेखीका प्रबासी मजदुरका हकहित र अधिकार प्राप्ती सम्बन्धी मजदुरमैत्री नितिहरुको तर्जुमा गर्नेछ । सङगठनको कामलाइ मुलत सामाजिक र राजनैतिक २ किसिमले परिभाषित गर्दै कोरियाबासी प्रबासी नेपालीहरुको उन्नती र प्रगतिमा ओएनएफ समर्पित रहनेछ ।

 

 

अधिबेसनमा पदका आकांक्षी धेरै भएको अवस्था रह्यो भने मतदान वा सर्वसहमति कुन बिधिबाट नेतृत्व चयन हुनेछ?

 

अधिबेशनमा लगातार पार्टी सङगठनमा काम गर्नु हुने कमरेडहरुले नया नेतृत्वको लागी आकान्क्षा देखाउनु सामान्य कुरा हो । सकेसम्म सर्बसम्मत नेतृत्व आउनु पर्छ भन्ने तमाम ओएनएफ  सदस्यहरुको माग छ । सहमतीमा नै नेतृत्व चयन हुने बिश्वास गरेको छु । सहमती सम्भब नभएमा लोकतान्तृक बिधीको उपयोग गरिने छ । पार्टी केन्द्र बाट प्रबास कमिटीहरुको अधिबेशनमा कुनै पनि किसिमको हस्तक्षेप र दबाब दिदैन ।

 

 

माऊ पार्टीले नेतृत्वका लागि केन्द्रबाट दबाब दिने संभावना पनि हुन सक्छ की?

हाम्रो पार्टी नेतृत्वले नेतृत्व चयनका लागी दबाब दिने सम्भाबना बिलकुल रहदैन ।

 

 

कोरियामा कार्यरत कामदारको पक्षमा यो अधिबेसनले कस्तो निति पारित गर्छ?

 

 

यो अधिबेशनले कोरियामा कार्यरत मजदुरहरुको सिप र पुजिलाइ स्वदेशको समृद्दीमा लगाउन , मजदुरको पक्षमा ट्रेड युनियन अधिकारको प्राप्ती र असमान कानुनको खारेजी गर्न र कामदारहरुको दुर्घटना र अत्महत्यालाइ कम गर्न आबस्यक निति पारित गरिने छ ।

 

 

तपाईको कार्यकाललाई फर्केर हेर्दा कस्तो रह्यो?

 

 

चौथो अधिबेशन बाट निर्बा्चित कमिटिले मेरो अध्यक्षतामा सामाजिक , साङगठनिक र राजनितिक क्षेत्रमा उल्लेख्य काम गरेको हुनाले आफ्नो कार्यकाल सफल भएको छ ।

 

 

बास्तबमा हामिले सङगठनको नेतृत्व लिदा धेरै चुनौतीहरु थिए । हामिले सङगठनलाइ उत्तरको ओइजम्बु देखी दक्षिणको गजेदो सम्म सङ्गठन बिस्तार गर्यौ । नेपाली दुताबास , सामाजिक सस्था , राजनितिक सङगठन र सम्पुर्ण नेपाली समुदाय सङग स्वस्थ सम्बन्ध कायम गर्दै हातमा हात मिलाउदै अघि बढयौ ।

 

 

प्रबास कमिटीको हैसियतले पार्टी केन्द्र सङ सङगठनको नातालाइ प्रगाढ बनायौ । बिनाशकारी भुकम्प , बाढी पहिरो दैबी प्रकोप , बिरामी साथिहरु र नेपाल हाउस कोरिया लाइ बिशेश आर्थिक सहयोग गर्यौ ।

 

 

अबको कार्यकालका लागि पनि प्रतिस्पर्धी हुने सोच बनाउनु भएको छ?

 

 

मैले हाम्रो सङगठनमा पुन दोहोरिने कुनै सोच बनाएको छैन । मैले आफ्नो कार्यकालमा सङगठन र सामजिक हितमा प्रसस्त काम गरिसकेको हुनाले अब पाचौ अधिबेशनबाट नयाँ साथीहरु नेतृत्वमा आउनु पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...