Advertisement
SKIP THIS

कोरिया ‘हिउँद कविता’ले साहित्यमय बन्यो


सोल -हिउँद कविता २०१५  मार्फत  दक्षिण कोरियाको चिसो मौसमलाइ साहित्यअनुरागीहरुको  बहस र बाचनले थेगु शहरलाई  गरमागरम बनायो । कोरियाका सबै क्षेत्रबाट उपस्थित साहित्यअनुरागीहरुको बाक्लो उपस्थितिले आइतबार थेगु साहित्यमय बनेको थियो ।

 

 

नेपाली साहित्य समाज दक्षिण कोरिया र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरले आयोजना गरेको बहस र बाचनमा साहित्यकर्मीले नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यका बारेमा विचारणीय खुला  बहस गरे ।

 

 

सय भन्दा बढी भेला भएको  कार्यक्रममा साहित्य अनुरागीहरुले कविता ,गजल ,मुक्तक र गितहरु प्रस्तुत गरे । भूकम्प,नाकाबन्दी ,छिमेकी देश ,देशको  बर्तमान परिवेशका  पिडाहरु आफ्ना रचनाहरु  मार्फत प्रस्तुत भएका थिए । साहित्यकार रमेश सायनको कविता आमाको देश प्रस्तुत गरिदा कार्यक्रम हल नै सुनसान जस्तै बन्यो । सायनको उक्त कविताले परदेश भएका सबैको मन छोयो । अर्का साहित्य अनुरागी सन्तोष पौडयाल राता फूलहरु शिर्षकको  कबिता मार्फत झुल्किए । पौड्यालको कविता  जनकपुरमा राष्ट्रपति बिद्या भण्डारीलाइ गरिएको दुर्ब्यबहार प्रति आक्रोश थियो ।

 

 

नबपुस्ता बिस्तारै सृंगारिक गजल तर्फ आकर्षित भएको कार्यक्रममा प्रस्तुत भएका गजल मार्फत देखियो । युवा साहित्य अनुरागी देबसागरले मिठो लयमा सृंगारिक गजल बाचन गरे । अर्का नबप्रतिभा ओखलढुंगाका जितेन्द्र बानियाले  लयात्मक कविताको साथमा कोरियन भाषामा लेखिएको उनको कविता पनि  सुनाए । प्रमोद सारंग र खगेन्द्र पराजुलीले मुक्तक बाचन गरे । अधिकांश नबप्रतिभाहरु रहेको साहित्यिक माहोलमा सुर्य खत्री घायल ,बिदुर शर्मा ,निश्चल नबिन ,डी आर अटु , अज्ञात पाल्पाली  लगायत अन्य  तिन दर्जन भन्दा भन्दा बढी साहित्यअनुरागीले आफ्ना रचना बाचन गरेका थिए । कबि तुलसी दिवसले  नेपालदेखि फोन सम्पर्कमा सुभकामना मन्त्यब्य दिएका थिए । उनले कविता बाचनपछि मात्रै पूर्ण हुने सुभकामना सन्देशमा  ब्यक्त गरे ।

hiu3

 

कार्यक्रमको पहिलो सेसनमा नेपाली साहित्यको बर्तमान अवस्था र डायस्पोरा साहित्यबारेमा भएको बहसमा उठेका प्रश्नहरुको अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्यप्टरका उपाध्यक्ष प्रमोद सारंग र साहित्यकार रमेश सायनले जवाफ दिएका थिए । सायनले विदेशमा लेखिएको नेपाली  साहित्यलाई  डायस्पोरा साहित्य भन्न नसकिने धारणा राखे । साहित्यअनुरागी सन्तोष पौड्यालले छन्द कविता माथि  गद्य कविता बर्तमानमा बढी हाबी देखिएको प्रति चिन्ता ब्यक्त गरे ।

 

 

साहित्यकार जीवन खत्रीको शालीन र आकर्षणयुक्त उद्धघोषणले साहित्यिक कार्यक्रम अझ रोचक बनेको थियो । हिउँद कविता २०१५ , बहस र बाचन अहिलेसम्मकै बृहत र सफल भएको भन्दै  नेपाली साहित्य समाज दक्षिण कोरियाकी  अध्यक्ष कल्पना राईले सन्तुष्टि जनाइन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...