Advertisement
SKIP THIS

कोरिया जानेको रोस्टर तयार हुँदै


काठमाडौं-दक्षिण कोरिया जाने कामदारको रोस्टर बनाउने काम सुरु भएको छ। रोस्टर कामदार छनोट प्रक्रियाको अन्तिम चरण हो।

 

 

यो प्रक्रिया पार गरेपछि कोरिया जाने बाटो खुला हुनेछ । रोजगारदाताले रोस्टर हेरेर कामदार छनोट गर्नेछन्। सरकारले सन् २०१६ मा काम गर्न जानेको रोस्टर त*यार पारेर कोरियालाई पठाउन थालेको हो।

 

 

मासिक आधारभूत तलब नै एक लाख नौ हजार कमाउन सक्ने भएकाले नेपाली युवाका लागि कोरिया रोजगारीको आकर्षक मुलुक हो।हालसम्म पाँच हजार जनाको रोस्टर तयार भइसकेको छ।

 

 

यस वर्ष आठ हजार चार सय १० जनाको नाम रोस्टरमा समावेश गरिँदैछ। बाँकी सबै जनाको रोस्टर डिसेम्बर महिना भित्रै तयार भइसक्ने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

 

 

भाषा परीक्षा र स्वास्थ्य परीक्षण उत्तीर्ण भई ‘जब एप्लिकेसन’ फारम भरेकाहरूको नाम कामदार छनोट सूची (रोस्टर) मा राखिएको हो। रोस्टर तयार पार्ने काम ईपीएस कोरिया शाखाले गरिरहेको छ।

 

 

कुल आठ हजार चार सय ९० जनाले भाषा परीक्षा दिएका थिए। अनलाइनमार्फत रोस्टर तयार पारिएको हो। रोस्टर तयार भएपछि सन् २०१६ जनवरीको अन्तिम सातादेखि छनोटमा परेकालाई कोरिया पठाउन थालिनेछ।

 

 

ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले सन् २०१६ मा कोरिया जाने कामदारको रोस्टर बनाउने काम धमाधम भइरहेको जानकारी दिए। ‘डिसेम्बरभित्र सबै रोस्टर तयार पारेर पठाउने र त्यसपछि कामदार पठाउने काम सुरु हुन्छ’, उनले भने।

 

 

कोरिया जानेले उत्पादनमूलक र कृषि क्षेत्रमा काम गर्नेछन्। रोजगारदाताले उत्पादनमूलकमा धमाधम कामदार माग्ने गरेका भए पनि कृषिमा भने माग निकै सुस्त हुने गरेको छ।

 

 

कृषिमा सन् २०१३ परीक्षा पास गरी रोस्टरमा रहेकाहरू अझै जान पाएका छैनन्। त्यसबेलाका जान बाँकी १२ सय जना कामदारमध्ये दुई सय जना उत्पादनमूलकका हुन् भने बाँकी सबै कृषि क्षेत्रका छन्।

 

सन् २०१३ मा भाषा पास गरेकाले दुई वर्षभित्र गइसक्नुपर्छ। सन् २०१४ का भने ९० प्रतिशत कामदार गइसकेका छन्।यस वर्ष रोस्टरमा रहेका सबै कामदार लिन नेपालले कोरियासँग आग्रह गरेको छ।

 

 

गत वैशाखमा गएको विनाशकारी भूकम्प र हाल जारी भारतीय नाकाबन्दीले अर्थतन्त्र शिथिल बनेको तथा बेरोजगारी दर बढेको भन्दै नेपालले रोजगारदाता मुलुकसँग सबैलाई लिइदिन आग्रह गरेको हो। कूटनीतिक तहबाट पनि कामदारको कोटा बढाउन पहल भइरहेको ईपीएस शाखाका प्रमुख बास्तोलाले बताए।

 

 

सरकारले सन् २००८ देखि कोरियामा नेपाली कामदार पठाउन थालेको हो। दुवै देशबीच रोजगार अनुमति प्रणालीबाट कामदार आदानप्रदानको सहमति भएको हो। ईपीएस प्रणालीमार्फत कोरियाले नेपालसहित विभिन्न १५ मुलुकबाट कामदार लिने गरेको छ।

 

 

हाल कोरियामा करिब ३० हजार नेपाली काम गरिरहेका छन्। कोरियाले ईपीएसमा सरकारी तवरबाट मात्र कामदार लिन्छ। यसअघि गएकाले राम्रो काम गरेकाले रोजगारदाता नेपाली कामदारसँग सन्तुष्ट छन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • मंगल योङहाङ लिम्बूद्वारा NRNA ‘उपाध्यक्षका’ लागि उमेदवारी घोषणा
  • एनआरएनए दशौँ अधिवेशनमा तारा पुन मगरले वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...