कोरियामा फेरी अर्को आत्महत्या
जीबी लामा/यमश्रीस मगर
सोल – कोरियाको पुचन-सी मा मन्जिल पहरी नाम गरेका एक नेपालीले आत्महत्या गरेका छन । गत आईतबार बाट सम्पर्कबिहीन भएका उनी साथीहरुले सम्पर्क गर्दा पनि सम्पर्क नआएपछी आज बिहान मोबाइल सम्पर्क गर्दा कोरियनले प्रहरीले उठाएपछी उक्त घटानाको पुष्ठी भएको स्रोतले बतायो ।
उनको शबलाई पोस्टमार्टमका लागी संगुरी स्थित उरी फ्योंगगोन हस्पिटलमा राखिएको छ । घटनाको बृस्तित विवरण भने आउन बाँकि रहेको छ ।
घटानाको बारेमा कोरिया स्थित नेपाली दुताबासमा सम्पर्क गर्दा औपचारिक जानकारी नआएको दुताबासले जनायो ।
नेपालमा सानोठिमी भक्तपुर घर भै २२ महिना अघि ईपीएस मार्फत कोरिया आएका २७ बर्षिय पहरी पुचन सी स्थित ह्यान्गर बनाउने कम्पनीमा कार्यरत रहका थिए उनी समेत गरेर ७ जना नेपाली उक्त कम्पनीमा कार्यरत थिए ।