भूकम्प पीडितलाई कोरियाबाट लाखौ डलर सहयोग
फोनिज कोरिया संवादाता
सोल -नेपालमा बैशाख १२ गते शनिबार गएको महाभूकम्पका पीडितहरुको तत्काल राहतको लागि दक्षिण कोरियन सरकारले १० लाख डलर सहयो गर्ने भएको छ । आइतबार कोरियाको विदेश मन्त्रातलयले सो जानकारी गराएको हो । साथै कोरियन रेडक्रसले पनि भूकम्प प्रभावित क्षेत्रमा एक लाख डलर सहित हजारौ व्लान्केट र आवश्यक सामग्री सहयोग गर्ने छुट्टै घोषणा गरेको छ ।
नेपालमा शनिबार ७.८ रेक्टरको शक्तिशाली भूकम्प गएपछि राजधानी काठमाण्डौ लगायत देशै भरी २ हजार भन्दा बढी मानिसको ज्यान गएको र हजारौ घाइते तथा कैयौ ऐतिहासिक स्मारक ध्वास्त र थुप्रै धन जनको क्षति भएकामा मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ । हाल नेपालमा ६५० जना कोरियन पर्यटन रहेको र एक जना भूकम्पबाट सामान्य घाइते भएको मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाल स्थीत कोरियन दूतबासमा कोरियन नागरिकलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।