नेपाल हाउसलाई व्यवस्थित गर्न आगामी जनवरीमा बृहत भेलाको आयोजना गरीने


सोल –नेपाल हाउस व्यवस्थापन समितिको सचिवालय बैंठकले नेपाल हाउसलाई दीर्घकालीन तथा व्यवस्थित रुपमा संचालन गर्न आगामी जनवरीमा बृहत भेलाको आयोजना गर्ने भएको छ । अघिल्लो हप्ता बसेको सचिवालयले बैंठकले कोरियामा रहेका सम्पुर्ण संघसंस्थाका अध्यक्षहरु सहितको बृहत भेलाका आयोजना गर्ने निर्णय गरेको हो ।

 

     राजधानी सउलको तोङदेमुनमा संचालनमा आई रहेको नयां नेपाल हाउस ब्यबस्थित रुप, संचालन गर्नको लागि हाल कृयाशील सचिवालयको बिशेष बैठकले नेपाल हाउस संचालन र त्यसको उपयोग सम्बन्धि केहि निर्णयहरु सार्वजनिक गरेको छ । नेपाल हाउस सचिवालयका संयोजक बिनोद कुंवरको सभापतित्वमा संचालन गरिएको बैठकमा उपस्थित सचिवालयका पदाधिकारीहरुको सामूहिक छलफलबाट यथाशिघ्र कार्वान्यनमा ल्याउने गरि तल उल्यखित निर्णयहरु गरिएको छ ।

 

१.नेपाल हाउसलाई दिर्घकालीन ब्यबस्थित रुपमा संचालन गर्न आगामी जनवरी महिना भित्र कोरियामा रहेका सम्पूर्ण संघ संस्थाका अध्यक्षहरु सहितको बृहत भेलाको आयोजना गरि बृहत भेलाको सामूहिक निर्णयबाट संचालक समिति गठन वा अन्य बिकल्पहरु तय गर्ने ।

 

२. गत बर्ष संचालन गरिएको नेपाल हाउस आर्थिक संकलन अभियानमा सहयोग दाताको रुपमा सहभागि भएता पनि हाल सम्म करिव १ करोड १२ लाख ओन बोल रकम उपलब्ध नगराउनु हुने महानुभावहरुलाई यथाशिघ्र भुक्तानको लागि ताकेता गर्ने ।

 

३. नेपाल हाउस संचालनमा सरलता र मासिक घर भांडा परिपूर्तिमा सहजता ल्याउनको लागि नेपाल हाउसमा आयोजना हुने बिभिन्न कार्यक्रमहरुको लागि सेवा शुल्क लिने निर्णय गर्दै तल उल्यखित निम्न बुंदाहरु तय गरिएको छ ।
क.कुनै पनि संघ संस्था वा समूहको अधिवेशन,साधारण सभाको आयोजना गर्दा एक दिनको २००,००० (दुई लाख वन) शुल्क लाग्नेछ ।
ख. अधिवेशन वा साधारण सभा बाहेक अन्य साना कार्यक्रमको आयोजना गर्दा प्रति ३ घण्टा १००,००० (एक लाख वन)शुल्क लाग्ने छ ।
ग. विवाह भोज,बच्चाको सय दिन,वा अन्य भोज पार्टीको लागि प्रति दिन ३००,००० (तीन लाख वन)शुल्क लाग्ने छ ।
घ. नेपाल हाउसको सानो हलमा गरिने बैठक वा अन्य साना कार्यक्रमको लागि प्रति ३ घण्टाको ३०,००० (तीस हजार वन)शुल्क लाग्ने छ ।
ङ.माथि उल्यखित कुनै पनि कार्यक्रमहरुको लागि नेपाल हाउस सरसफाईको लागि धरौती स्वरुप २०,००० (बीस हजार वन) बुझाउनु पर्ने छ । सरसफाई गरे उक्त रकम फिर्ता दिने र सरसफाई नगरे फिर्ता दिईने छैन ।
च. शोक सभा,श्रद्दान्जलि सभा जस्ता दुखद कार्यक्रमहरुको लागि नेपाल हाउस प्रयोजनमा कुनै शुल्क लाग्ने छैन तर नेपाल हाउस सरसफाईको जिम्मा पूर्ण रुपमा आयोजकले लिनु पर्ने छ ।
४.नेपाल हाउस संचालक समिति गठन नहुन्जेल सम्म हल बुकिङ,शुल्क भुक्तानको लागि सचिवालय आर्थिक संयोजक भक्त सेरचनलाई जिम्मा दिईएको छ । त्यसकारण हल बुकिङ वा शुल्क भुक्तानको लागि ९आर्थिक संयोजक भक्त सेरचन – 010 2672 9576 मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ ।
नेपाल हाउस सचिवालय,सउल दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...