Advertisement
SKIP THIS

जाडोमा ओंठ र छाला फुट्नबाट कसरी जोगाउने?


सोल – जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ।

 

यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही हदसम्म नियन्त्रण हुन्छ।

 

सबैभन्दा पहिला आफू ठण्डा स्थानमा जानुअघि बजारमा उपलव्ध चिल्लो मोश्चराइजयुक्त क्रिमहरु अथवा घरेलु औषधीका रुपमा गाईको दूधबाट बनाइएको नौनी लगाउन सकिन्छ। सकेसम्म गाला र ओंठलाई चिसो हावाबाट जोगाउनका लागि मखमलको प्रयोग गर्नुपदर्छ। फूटेको ओंठमा जिब्रोले चाट्नु हुँदैन। छालालाई नरम बनाउन अल्कोहलरहितका क्रिम तथा गुलाबजलको पनि प्रयोग गर्न सकिन्छ।

 

राति सुत्दा विशेष गरी ग्लिसिरिनमा कागती र गुलाबजल हालेर ओठ, गाला, हात र खुट्टामा दल्नाले फुट्ने प्रकृया कम हुन्छ । राति सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ। शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ। त्यसैले गर्मी र जाडो दुवै मौसममा पानीको पर्याप्त प्रयोग गर्नुपर्छ।

 

त्यस्तै तातो हिटर वा आगोमा बसिरहनु पनि उपर्युक्त मानिँदैन। छाला सकेसम्म मनतातो पानीले नुहाउने र जाडो समयमा साबुनको प्रयोग नगर्दा राम्रो हुने चिकित्सकहरुको सुझाव छ।

 

कुर्कुच्चाको छाला बाक्लो हुन्छ। जाडोमा बाहिर जाँदा सफा मोजा र जुत्ता लगाएर हिँड्ने गर्नुपर्दछ। प्लास्टिक र छालाका चप्पल प्रयोग नगर्नु राम्रो हुन्छ। खुट्टा सफा गरेपछि कुर्कुच्चामा पनि भ्यासलिन वा गाईको दूधबाट बनेको नौनीको प्रयोग गर्न सकिन्छ।

 

त्यस्तै कुर्कुच्चालाई आगो वा हिटरमा धेरै बेरसम्म सेक्नु हुँदैन। यसले सुख्खापन बढाइदिन्छ। मधुमेह, लो ब्लड प्रेसरजस्ता रोगहरुबाट पनि बच्नुपर्दछ। त्यस्तै शरीरको मोटोपन धेरै भएमा त्यसको प्रेसर कुर्कुच्चामा पर्ने हुँदा शरीरको तौल सन्तुलन राख्नुपर्ने चिकित्सकहरुको सुझाव छ।

यदि फूट्ने समस्या जटिल बन्दै गएमा भने छालासम्वन्धी चिकित्सकको सुझावका आधारमा औषधीको समेत प्रयोग गर्नुपर्ने हुन सक्दछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...