सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छोडेर भाग – उपेन्द्र यादब
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले सरकारलाई सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छोडेर भाग्न सल्लाह दिएका छन् ।
ब्यबस्थापिका संसद्को आजको बैठक अबरुद्ध भएपछी बाहिरिने क्रममा भारतको एक संसदले तराइको १५ जिल्ला भारतमा गाभ्नुपर्ने अभिव्यक्ति दिएको, भन्ने समाचार बारे सोधिएको प्रश्नमा जबाफमा अहिलेका उपप्रधानमन्त्री हरु नै गैर जिम्मेवारी अभिव्यक्ति दिएको भन्दै की सीमामा गएर युद्ध गर होइन भने कुर्सी छोडेर भाग्न सल्लाह दिएका छन् ।
साथै उनले अहिले मधेसी, जनजाती,थारु र खस क्षेत्रीको समेत अधिकार माग गरिरहको तर सत्तारुढ दलहरुले नश्लबादी सोचको कारण अझै सम्म पनी सम्बोधन नगरेको गुनासो पोखे ।
साथै उनले सीमामा निहत्था र सर्बसाधारण जनतामाथि गोली प्रहार गर्नु गलत भएको टिप्पणी गरे । यसबारे परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनु पर्ने बताए ।