बुसानमा कबड्डी कबड्डी देखाइने


दक्षिण कोरिया ः रामबाबु गुरुङको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र  ‘कबड्डी कबड्डी’ मंसीर ११ गते शुक्रबारदेखि काठमाडौंलगायतका विभिन्न सहरहरुमा एकसाथ प्रदर्शन गरिने भएको छ । सोही चलचित्र दक्षिण कोरियामा समेत प्रदर्शनीमा आउने भएको छ ।

यहि नोभेम्बर २९ तारिख आइतबार एभरेष्ट एफसी बुसानको आयोजनामा प्रदर्शन हुन लागेको हो । गत वर्षको उत्कृष्ट चलचित्रको राष्टिय पुरस्कार पाउन सफल चलचित्र कबड्डीको दोस्रो भागको रुपमा प्रस्तुत गरिएको नेपाली चलचित्र ‘कबड्डी कबड्डी’ मा पनि दयाहाङ राई, सौगात मल्ल र निस्मा गुरुङ मुख्य भूमिकामा देखिएका छन् ।

मनी एट्याक्स मनी भनेजस्तै लभ एट्याक लभ यही नाराका साथ फिल्ममा बीरकाजी सोल्ठिनीको पछि लाग्छन् । अघिल्लो कबडडीमा सोल्ठिनीको माया पाउनका लागि बीरेकाजी (दयाहाङ राई) ले गरेको संर्घष यसमा पनि जारी छ । हाँस्यव्यङयसहितको मनोरञ्जनात्मक चलचित्र कबड्डी कबड्डीमा पुस्कर गुरुङ, कविता आले, पशुपति राई, बुद्धि तामाङ, उपेन्द्रं सुब्बा, शिशिर बाङदेललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
दिउसो एक बजे बुसान स्टेशन नजिक मिन्जु खोङवन (डेमोक्रेसी पार्क) मा प्रदर्शन गरिने चलचित्र हेर्नको लागि १५ हजार वन टिकट दर राखिएको छ । कोरियाको नयाँवर्ष सलनालको अवसरमा आयोजना गरिने एभरेष्ट एफसी कपको पूर्व तयारीको लागि चलचित्र प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • अगस्ट ३ तारिख किम्हे शहरमा “समर डान्स पार्टी ” हुँने
  • कोरियामा मन्त्री श्रेष्ठसँग संवाद कार्यक्रम सम्पन्न, ३ महत्वपूर्ण काम गरेको उदघोष
  • कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)
  • चोमोलोङ्मा सांगितिक सौगातको आयव्यय सार्वजनिक , २ करोड ८७ लाख बचत
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...