सात उपप्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउ, गुरुराज घिमीरे


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरेले अहिलेको सत्ता प्रमुखलाई सात जना उपप्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउन आग्रह गरेका छन् । गत आइतबार सोलमा सम्पन्न नेपाली कांग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समितिको चौथो महाधिबेसनको उद्घाटन कार्यक्रममा शुभकामान मन्तब्यको क्रममा घिमीरेले सो कुरा बताएका हुन् ।

 

 

साथै उनले सबैभन्दा बढी संघियताको घोर बिरोध गर्ने र राजा सहितको हिन्दु अधिराज्य कायम हुनु पर्छ भन्ने हरुपनि शासन सत्ता र कुर्ची लोभमा संघीय गणतन्त्र नेपालको सरकारमा सामेल भएकोले यो  अहिलेको सरकार खोक्रो राष्ट्रबादी सरकार भएको बताए ।

 

 

शुभकामान मन्तब्यको क्रममै घिमीरेले भने “अहिलेको लोकतान्त्रिक पार्टी भनेकोनै नेपाली काँग्रेस हो ।  एमाले एकिकृत मावोबादी लोकतान्त्रिक पार्टी भन्न मिल्दैन किनभने लोकतान्त्रिक पार्टी हुन त विधानमा, पार्टीको दस्तावेजमा, सैदान्तिक रुपमै लोकतान्त्रिक हुनु पर्दछ ।  संबिधान सभाको निर्बाचन पछी ४ पटक बामपन्थी सरकारले नेतृत्व गर्दा पनि संबिधान ल्याउन सकेनन तर अन्त्यमा नेपाली कांग्रेस नेतृत्वको सरकारले संबिधान जारी गर्यो र ७ दसक पछी नेपाली जनताले संबिधान पाए”

 

 

अहिले तराईमा भैरहेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दी लाई इंगित गर्दै घिमीरेले भने “तराईमा अहिले दुई थरिका मानिस बसोबास गर्छन एकथरी मानिस हेर्दा नेपाली जस्तो नेपालमा बसेर संसद पनि बन्छन् मन्त्री पनि बन्छन तर दिल्ली र मुम्बई लाई राजधानी मान्छन अर्काथरी मानिस तराईमा बस्छन नेपालको मन्त्री बन्छन राजधानी काठमाण्डौ लाई नै मान्छन अहिले यी दुई मानिसको चरित्र बुझ्नु जरुरि छ ।

 

 

शुभकामान मन्तब्य राख्दै कोरियाको लागी नेपाली महामहिम राजदुत कमान सी.लामाले अहिले देशमा भैरहेको अघोषित नाकाबन्दीको समस्या नेपाल भित्रकै समस्या भएकोले भारतलाई दोष दिन नहुने बताउदै पहिले आफ्नै देश भित्रको समस्या हल गर्नु पर्ने कुरामा जोड दिए साथै राष्ट्रियताको सबालमा सम्पूर्ण राजनीतिक पार्टी एकैठाउमा हुनु पर्ने बताए ।

 

 

आइसिसि प्रतिनिधि बिनोद कुँबरले सुभकामना व्यक्त गर्दै एनआरएन देश बिकाशमा लागी परेको र देशको हरेक समस्यामा साथ र सहयोग गर्दै आएको उल्लेख गरे ।  अर्का प्रतिनिधि के.पि. सिटौलाले परिबर्तन राजनीति बाटनै हुने भएकोले घृणा नगर्न आग्रह गरे ।

 

 

सुभकामना ब्यक्त गर्ने क्रममा निबर्तमान आईसीसी प्रतिनिधि गंगाराज राईले परिबर्तनको सुरुवात आँफै बाट सुरु गर्नु पर्ने बताउंदै कोरियाले आयात भन्दा बढी निर्यात गर्ने गरेको प्रसंग उल्लेख गर्दै सबै राजनीति दल मिलेर अघि बढ्नु पर्ने बताए ।

 

 

जनजाती महासंघ द. कोरियाका महासचिब बलराम पुनले अहिले सबै राजनीतिक पार्टीमा युवा वर्गलाई उपेक्षित गर्ने काम भएकोले दुख मनाउ गरे र अहिले तराईमा भैरहेको आन्दोलन छिटो समाधान गर्न आग्रह गरे  । ओमेन फर ओमेनकी अध्यक्ष मल्लिका थकालीले सुभकामना मन्तब्य राख्दै  आफुले महिला हक हित र अधिकारको लागी लड्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरिन र समस्यामा रहेको हरेक महिलालाई आवश्यक सहयोग गरेको बताईन नेपाली जनाधिकार मंच कोरियाका कार्यबाहक अध्यक्ष गणेश कालिकोटेले सुभकामना मन्तब्य राख्दै सम्पूर्ण राजनीतिक दल राष्ट्रिय स्वार्थको लागी एकैठाउँमा आउनुपर्ने बताए ।

 

 

सुभकामना मन्तब्यकै क्रममा ओएनएफका अध्यक्ष गोबिन्द गाउँलेले राजनीतिक भन्दा पनि समाज सेवा बढी गरको बताए । संघीय समाजबादी फोरम नेपालका प्रबास संगठन कोरियाका कार्यबाहक अध्यक्ष देवराज स्यांगतानले अहिले नेपालको आन्दोलन बाध्यकारी स्थिति भएको बताउदै आन्दोलनमा व्यापक दमन भएकोले यसलाई सरकारमा राखेको प्रमुख दल हरुले बार्ताको माध्यम बाट समस्या समाधान गर्नु पर्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...