काेरियामा छायाङ्कन र माेडलिङमा पाइला चाल्दै अनुराग
सज्जन कुमार सिंह
सोल – सानाे सानाे कदकाे निकै सुन्दर ठिटाे प्राय क्यामरा र रंगिन दुनिया मै ब्यस्त हुन्छ । काेरियाकाे कठिन काम पाच छ दिनकाे ब्यस्त समय कहिलेकाही शनिवार र अाइतबार सधै ब्यस्त हुन्छन उनी । कुरा अघि बढ्दै जादा उनकाे माेबाइलमा फाेन बज्याे । फाेन गर्ने मान्छे नेपाली थिए र उनले म्युजिक भिडियाे छायाङ्कनका लागि कुरा गरेका रहेछन ।
अनुराग सापकाेटा( २१) शनिबार अाइतबार प्राय ब्यस्त भईरहन्छन छायाङ्कन मै । सानाे उमेरमा उनी काेरिया अाए बिदेश भाेगे । उमेरले सानै भए पनि उनी काममा चाहिँ पाकाे भैसकेका छ । बागलुङ घर भएका अनुराग काेरियामा पछिल्लाे चरणमा ब्यस्त छायाकार बन्दै छन । साथै उनी माडलिङ लाई पनि अगाडी बढाई रहेका छन ।
दुई महिनाकेा बिचमा उनले दर्जन बढि म्युजिक भिडयाे खिच्न र भिडियाेमा अभिनय गरेकाे उनका छन । ६ दिन सम्म काम एक दिन अाइतबार बिदा त्याे दिनकाे फाइदा उठाउदै यहाँ पछिल्लाे पटक नेपाली गीतको म्युजिक भिडियाे खिच्ने क्रम बढेर गएकाे छ ।
यस्तै नेपाली युवाकाे पंतिमा छन अनुराग समपकाेटा। क्यामरा संगकाे चिना परिचय पछि उनले क्यामरालाई टाढा राख्न सकेनन् । ब्यस्त काेरियाकाे लाइफ जसाे तसाे समयकाे चाजाेपाजाे मिलाएर राेलिङ क्यामरा अन,एक्सन कट गरिरहेका छन अनुराग ।
पहिलाे पटक ऐना एल्बमकाे सर्ट सिनमा देखिएका अनुरागले दर्जन बढि भिडियाे छायाङ्कन गरिसकेका छन भने केही भिडियाेमा अभिनय समेत गरिसकेका छन । अभिनय र फिल्मी क्षेत्र नै मेराे इच्छाकाे क्षेत्र भएकाेले यहि क्षेत्रमा लागेर केही गर्ने लक्ष्य लिएकाे उनकाे भनाइ छ ।
केही समय पछि नेपाल जाने याेजनामा रहेका उनी स्वदेशमा पनि यहि क्षेत्रमा लाग्ने साेच बनाएका छन।