Advertisement
SKIP THIS

विश्व क्रिकेट लिग च्यापियनसिपमा नेपाल पपुवान्युगिनीसित पराजित


 

सोल – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ ।सोमबार युएईको आबुधाबीमा नेपालले दिएको २ सय ३३ रनको विजयी लक्ष्य पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ३ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्‍यो ।पपुवा न्युगिनीका लागि असद भालाले सर्वाधिक ८७ रन जोड्दै टोलीलाई जित दिलाए ।

 

 

नेपालका लागि पारस खड्का र मेहबुब आलमले समान २ तथा सोमपााल कामी, शक्ति गौचन र सागर पुनले समन १–१ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन ।

 

 

खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो । खेलको पहिलो बलमै अनिल मण्डल गुमाएको नेपालले मात्र २९ रन हुँदा दोस्रो विकेटको रुपमा सागर पुन गुमाएको थियो । २३ बल खेलेका सागरले मात्र १० रन जोड्न सके ।

 

 

त्यसपछि ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्लले ओपनर सुवास खकुरेलसँग मिलेर ५० रनको साझेदारी गर्दै टोलीलाई उकास्न खोजेपनि २६ बलमा २३ रन जोड्दै मल्ल आउट भएपछि नेपाल पुनः दबाबमा परेको थियो । थप १० रन जोड्दा कप्तान पारस खड्का पनि १६ बल खेल्दै व्यक्तिगत ६ रनमा आउट भएपछि नेपाली इनिङ धरासायी बनेको थियो ।

 

 

तर, त्यसपछि ब्याटिङ गर्न आएका शरद भेषवाकरले ८२ बलमा ७८ रन बनाउँदै नेपाललाई सम्मानजनक योगफलसम्म पु¥याएका थिए । ओपनर सुवास खकुरेलले १ सय ४ बलमा ६३ रन बनाउँदै नेपालको इनिङ सम्हाले  | यस्तै, बसन्त रेग्मीले नटआउट २४ रन प्रहार गर्दा सोमपाल कामीले ८ तथा मेहबुब आलमले ३ रन जोडे ।

 

 

जारी प्रतियोगितामा तेस्रो पराजय बेहोरेको नेपाल अंकविहीन हुँदै अंकतालिकाका पुछारमा छ । प्रतियोगिता अन्तर्गत् नेपालले स्कटल्यान्डविरुद्धको दुबै खेलमा पराजय भोगेको थियो ।

 

 

काठमाडौंमा हुनुपर्ने पपुवा न्यूगिनीविरुद्धको खेल नेपालको कमजोर व्यवस्थापन र भूकम्पपछिको अवस्थाले युएईमा सारिएको हो । नेपाल र पपुवा न्यूगिनीले बुधबार दोस्रो खेल खेल्नेछन् ।

 

 

आइसीसीले एक दिवसीय ढाँचामा खेलाउने यो प्रतियोगितामा टेस्ट नखेल्ने ८ राष्ट्र सहभागी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...