Advertisement
SKIP THIS

कोरिया कांग्रेसमा कुँवरको पल्ला भारी


चीराग शर्मा

नेपाली कांग्रेसको कोरिया प्रबास संगठन नेपाली जन सम्पर्क समिति यतिबेला चौथो अधिबेशनमा जुटी रहेको छ | उसले कोरियालाई ७ क्षेत्र निर्धारण गरेको छ भने सातै क्षेत्रको अधिबेशन सम्पन्न गरिसकेको छ |नोभेम्बर २२ मा हुने अधिबेशन  प्रत्येक क्षेत्रबाट ११ जना भाग लिन पाउने विधानमा व्यवस्था गरिएको छ | अधिबेशनलाई सभ्य भब्य बनाउन समितिका सभापति नवराज सिवाकोटीले बिभिन्न समितिहरु गठन गरेर तयारी तीब्र पारेका छन |

 

नोभेम्बर २२ मा  हुने अधिबेशनमा जम्मा १ सय ४० प्रतिनिधिले पाँचौ कार्यकालका लागि नयाँ टिम छान्ने छ | अधिबेशन नजिकी रहेकै बेला यहाँको नेपाली समाजमा नयाँ बन्ने टिमको नेतृत्व कसले गर्ला त ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ  | मुख्य नेतृत्वका लागि गीरीराज कुवंर, आस्थाबिन्दु मल्ल र मणिचन्द्र चेम्जोङ गरि ३ जनाको प्रतिष्पर्धा हुने बजारमा चर्चा चली रहेको छ |

 

चर्चामा रहेका तीनै उमेरद्वार नेपाली कांग्रेसका जुझारु कार्यकर्ता हुन् | नेपालमा नेबी संघबाट राजनीति शुरु गरेका कुवंर बिशेष गरेर युवा शक्तिलाई नेतृत्व गर्ने क्षमता राख्छन | बर्तमान कार्य समितिका एक पदाधिकारीका अनुसार कुँवर संगठनमा उठेका सवालहरुलाई  समाधान गर्न सक्षम  छन | ती कार्यकर्ता भन्छन- ‘कुवंर जीमा संगठनलाई नेतृत्व गर्न सक्ने क्षमता छ |’

 

कोरिया पत्रकार महसंघको बिभिन्न  पदमा रहेर काम गरेका कुँवर कोरियाबाट संचालित पहिलो अनलाइन खबर नेपाल कोरिया न्युज डटकामका सम्पादक पनि हुन् |

 

सभापतिको  अर्का प्रबल प्रत्यासी मल्ल अघिल्लो अधिबेशनमा थोरै मतले पराजित भएकी थिइन् | यसै कारणले पनि यसपाली  कार्यकर्ताले उनलाई सहानुभूति दिने सम्भावना रहेको छ | कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संगठन सोनसिकलाई मल्लले सफल नेतृत्व दिएकी थिइन् |

 

संगठनिक कौसल , महिला उमेरद्वारलाई प्राथमिकता र सामाजिक परोपकारी कामबाट हासिल लोकप्रियता जस्ता आधारले सभापतिको जिम्मेवारी लिने आधार मल्लको रहेको  बताइन्छ भने एकातिर  संगठनमा त्याग गर्नुको भन्दा केन्द्रलाई रुझाउन ‘गिफ्ट पोलिसी’ प्रवृति रहेको गुनाशो कार्यकर्ताले गर्दै आएका छन् |

 

सभापतिका अर्का आकाक्षी मणिचन्द्र चेम्जोङ कांग्रेसका पुराना कार्यकर्ता हुन् | पाँचथरे कांग्रेसी नेता दिपकप्रकाश बाँस्कोटाको सहयोगमा दशक अघि कोरिया आएका मणि पार्टी पंक्तिमा पुराना र खट्ने कार्यकर्ता मानिन्छन | सिनियारीटिको आधारमा सर्बसम्मत सभापति बनाउने पर्ने भए पनि उनका केहि सीमा र कमजोरीहरुको आफ्नै कार्यकर्ता बताउन्छन | लामो समयसम्म पार्टीको झोला बोकेको कार्यकर्ता भए पनि ‘सतही प्रवृति’ उनकै लागि घातक हुने बताइन्छ | ऐतिहासिक पार्टीको भातृ संगठनको नेतृत्व ‘सतही प्रवृति’का लाई सुम्पिन नसकिने पार्टीको युवा पुस्ताको सोच रहेको छ |

 

मणि जनजाती समुदायको भए पनि ती समुदायमा उनि अलोकप्रिय छन् | बिशेष गरेर नेपाली सम्पर्क समिति र एनआरएनको चुनाबमा जनजाती उमेरद्वार हराउने भूमिकामा रहेको आरोप पार्टी भित्रका जनजाती कार्यकर्ताले लगाएका छन | यस्तो अवस्थामा चुनाब अवस्थामा उनलाई जनजाती समुदायको मत नजाने निश्चित रहेको छ |

 

अर्कातिर पुराना र इमान्दार कार्यकर्ता भएकाले कोरिया संगठनको सभापति पद भन्दा आउँदो पार्टी महाधिबेशनमा यहाँबाट प्रतिनिधि पठाउन उपयुक्त हुने कार्यकर्ताबीच चर्चा चलेको छ | एक कार्यकर्ता भन्छन -‘महाधिबेशनको प्रतिनीधि हुन पाउनु पनि ठुलै कुरा हो | मणि जीलाई सम्मान पनि हुन्छ |’

 

ती कार्यकर्ताको भनाइलाई आधार मान्ने हो भने सभापतिको फिल्डमा कुवंर र मल्ल रहने छन् | एक थरि कार्यकर्ता भने सहमति मै सबै पदाधिकारी चयन हुनुपर्ने पक्षमा छन् | उनिहरु आकाक्षी उमेरद्वारहरुलाई सकेसम्म समझदारी गराएर पद बिभाजन गरिदिने पक्षमा छन् | यसो गर्न नसके  बिकल्पमा  अहिलेका सभापति नवराज सिवाकोटीलाई सर्बसम्मत रुपमा अघि सार्ने रणनीतिमा छन् |

malla

केहि जुझारू कार्यकर्ता भने नेपाली जनसम्पर्क समिति ऐतिहासिक बिरासत बोकेको पार्टीको भातृ संगठन भएकाले सबै क्षेत्र,बर्ग,जाती, समुदायलाई मिलाएर लान सक्ने क्षमता भएकाले संगठन हाक्नुपर्ने आवाज उठाउन थालेका छन् | नाम उल्लेख नगर्ने शर्तमा एक जुझारु कार्यकर्ता भन्छन -‘यसका लागि गिरिराज कुवंर उत्तम पात्र हुन् |’

 

ती कार्यकर्ताका अनुसार पार्टी  सङ्गठनमा अहिले कुवंर पल्ला भारि हुदै गएको छ | उनको पक्षमा कार्यकर्ताले माहौल बनाउने क्रम जारि रहेको  बताइन्छ |

 

संगठन भित्र र बाहिर अनेक खालका तर्क र विश्लेषण भैरहे पनि कोरिया जन सम्पर्क समितिको नेतृत्व कसले पाउन्छ भन्ने कुराको छिनोफानो हुन नोभेम्बर २२ पर्खिनु पर्ने भएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...