Advertisement
SKIP THIS

कोरियामा भीम कार्कीको मृत्यु रहस्यमय


सोल-झुण्डिएको अवस्थामा आइतबार भेटिएका भोजपुर  देउराली ९ का भीम  कार्कीको मृत्यु रहस्यमय रहेको स्थलगत भ्रमण गरेर फर्केका उनका भाइ अमरबहादुर कार्की र साथीहरुले दाबी  गरेका  छन् |

 

घटनाको जानकारी पाएपछि आइतबार नै त्यहाँ पुगेका अमर र  भीमका साथी नुवाकोटका शिबप्रसाद भट्टले  घटनास्थलको प्रकृति हेर्दा भीमको मृत्यु रहस्यमय देखिएको दाबी गरेका हुन् |

 

अमरबहादुरलाई प्रहरीले देखाएको फोटो अनुसार भीमको  टोपी, गमबुट , माक्स र पन्जा लगाएकै अवस्थामा  जस्ताको तस्तै रहेको थियो भने एउटा खुट्टा खुम्चिएको थियो | झुण्डिएर आत्महत्या गर्नेहरुको खुट्टा प्राय समान अवस्थामा रहने गर्छ |
घटनास्थलमा झुण्डीनलाई आवश्यक हुने कुर्सी,टेबल केहि नरहेको उनीहरुले बताए |घटना रहस्यमय रहेको प्रहरीले समेत स्वीकार गरेको घटनास्थल र स्थानीय प्रहरी कार्यलयमा पुगेर फर्केका  भट्टले  बताए |

 

भीम छल्लाबुक्दो,छङगुपमा रहेको हाँस फारममा कार्यरत थिए | ३० महिना अघि आएका उनि गत शुक्रबार बिहान ११ .३० बजेदेखि सम्पर्कबिहिन थिए भने आइतबार ३ नम्बर हाउसमा झुण्डिएको अवस्थामा फेला परेका थिए |उनि साहुसंगै बस्दै आएका थिए |

 

शुक्रबार बिहान ११ बजेदेखि हराएको भए पनि साहुले आइतबार मात्र नजिकै चर्चको पास्टरलाई जानकारी गराएका थिए |त्यो क्षेत्रमा नेपाली कामदारको संख्या न्यून रहेको छ |

 

कार्की कै गाउले सगेन्द्र घलेका अनुसार भीम राम्रो परिवारका हुन् | अंग्रेजी बिषयमा स्नातकोत्तर (एमएम) दोश्रो बर्ष अध्ययन  गर्दागर्दै कोरिया आएका हुन् | घलेका अनुसार साहुबाट ४ महिनाको तलब लिन बाँकि रहेको थियो | बाँकि तलब माग्दा साहुले आफुलाई पिट्न खोज्ने गरेको भीमले सुनाएको घलेले जानकारी दिए |

 

घलेले भने  ‘भीमले जब तलबको कुरा आउछ तब मलाई साहुले पिट्न खोज्छ भन्थ्यो |’ घलेका अनुसार कम्पनि परिवर्तन गर्ने अनुमति पटक पटक मागे पनि साहुले मानेका थिएनन् |

 

भीमले हालसम्म नेपाल पैसा नपठाएको खुलेको छ | उनको दुई पासबुक फेला परेको र त्यसमा करिब २ करोड वन बचत रहेको जनाइएको छ |

 

भीमको  कोठामा  डायरी र  कपि फेला परेको भट्टले बताए | भट्टका अनुसार उनले बेलाबेला दैनिकी लेख्ने गर्थे | भने एउटा कपीमा तनाब उत्पन्न र त्यसको ब्यबस्थापन बारे नोट तयार गरेका छन् | साहुले दिने गरेको मानसिक तनाब कम गर्न उनले यस्तो नोट तयार गरेको हुन सक्ने अनुमान गरिएको छ |

 

दाइले आत्महत्या गर्नुपर्ने कुनै घरायसी कारण नभएको अमरबहादुरले बताए | पारिवारिक समधुर सम्बन्ध भएको र हरेक दिन आफुसंग कुरा भैरहेको अमरले बताए | संगै बस्ने र खाना खाने मान्छे ३ दिन सम्म साहुले थाहा नपाउनु र प्रहरीले देखाएको फोटोको आधारमा पनि घटना रहस्यमय रहेको अमरले बताए |

 

पोस्ट मार्टम भोलि हुने  र घटनाको तथ्य  विवरण त्यसपछि आउने भीमको परिवारले आशा  गरेका   छन  |  दूताबासका अधिकारीहरु पनि भोलिमात्र त्यस तर्फ जाने बताइएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...