कोरियाली सगरमाथा गुरुङको नेपाली ससुराली अनुभव


सोल – नेपाली नाम सगरमाथा गुरुङ, कोरियामा चाहिँ किम ह्यङह्यो। यी दुवै नामबाट साहित्य लेखन गर्ने उनले नेपालसम्बन्धी कविता, कथा र यात्रा संस्मरण गरी झन्डै आधा दर्जन किताब लेखेका छन |

 

 

सात वर्षअघि सञ्चारकर्मी मञ्जु गुरुङसित बिहे गरेर नेपाललाई ससुराली बनाएका उनी भूकम्पको बेला राहत लिएर यता आएदेखि गाउँबस्ती सघाउँदैमा व्यस्त भए, नेपाली परिकारको स्वादसहित दसैं पनि मनाए।

 

 

बुधबार साँझ कोरिया फर्केका किमले दिउँसो सुसराली अनुभव यसरी सुनाए– सन् २००४ देखि नै नेपालमा आउजाउ चलिरहेको छ। बिहे भएपछि वर्षेनीजस्तै नेपाल आइरहेको छु। आउने बेला राष्ट्रकवि माधव घिमिरे लगायतका वरिष्ठ नेपाली साहित्यकारहरूको आशीर्वाद भुल्दिनँ। यसपालि समेत गरेर ससुरालीचाहिँ दुईपटक गएँ। मञ्जुको माइती खलकको दुईतिर बसाइ छ, ओखलढुंगाको रुम्जाटार अनि भारतको दार्जिलिङ। रुम्जाटार गइसकेको हुनाले यसपटक दसैं मान्न दार्जिलिङ जाने योजना बन्यो।

 

 

नाकाबन्दीकै बीच हामी काठमाडौंबाट फूलपातीभन्दा दुई दिनअघिको साँझ मकालु यातायातको मे १ ख १९६३ नम्बरको मिनी बसमा चढ्यौं। तराईको आन्दोलनका कारण हाम्रो मिनी बस काभ्रे(सिन्धुली हुँदै बर्दिबासको बीपी राजमार्गबाट अघि बढ्यो। मलाई रुम्जाटार जाँदाको भयले छोपिहाल्यो। त्यति बेला कच्ची बाटोमा १६ घन्टा जिपको यात्रा गरेका थियौं। उकालोमा त ठिकै थियो, ओरालोमा विस्तारै चलाउनुपर्नेमा झन् बढी कुदाउने बानी रहेछ ड्राइभरको। ड्राइभिङको हिसाबले यो एकदमै बेठिक हो।

 

 

१५ वर्षदेखि म आफैं ड्राइभिङ गर्दै आएको मान्छे, कच्ची बाटोको त्यो कुदाइबाट धन्न ज्यान जोगाइयो। यसपटक त्योभन्दा खतरनाक यात्रा भयो। बर्दिबासबाट हाम्रो बस एस्कर्टिङमा थियो। सबैभन्दा पछि पर्ने गाडीले ढुंगा खानुपर्ने डरका कारण राजमार्गमा तँछाड मछाड गरेर हुइँकाउने गर्दा रहेछन्। हाम्रो ड्राइभरले पनि त्यही गर्‍यो। कुन्नि एक ठाउँमा पुग्दा हाम्रो बसले एउटा माइक्रोबसको लुकिङ ग्लास हान्यो।

 

 

वादविवाद भयो, हाम्रै ड्राइभरले जिद्दी कस्यो। एकाध किमि पार नगर्दै हाम्रो बसले फेरि एउटा पिकअपलाई हान्यो। यसमा पनि बल्लबल्ल विवाद मिल्यो। यसपछि केही मिनेट पनि नगुडै ड्राइभर चिच्यायो( ‘लौ, ब्रेक फेल भो १’ दुई दुईवटा घटना हुँदा पनि ड्राइभरलाई ब्रेक फेल भएको पत्तै रहनेछ। यसपछि गाडीभित्र चिल्लीबिल्ली सुरु भयो। सबै आत्तिन थाले। ड्राइभर बसलाई घरी भित्तातिर लैजान्थे, घरी छेउतिर। ‘छिट्टो बाहिर निस्केर ढुंगाको ओत हाल’ बल्ल ड्राइभरले खलासीलाई हकार्‍यो।

 

 

लामो प्रयत्नपछि गाडी रोकिँदा हामी कोसी ब्यारेजको पुलछेउमा थियौं। अलिकति चिप्लेको भए सीधै कोसीमा डुब्ने रहेछौं हामी। यसपछि ब्रेक बनाउन सुरु भयो। घन्टौं बित्यो तर ब्रेक बनेन। एस्कर्टिङले हामीलाई छोड्यो। उज्यालो हुँदा पनि ब्रेक नबनेपछि ड्राइभरले ब्रेकैबिना गाडी कुदाउने निश्चय गर्‍यो। बिस्तारै चलाएर तीन घन्टामा हामी इटहरी पुग्यौं। त्यहाँबाट बस चेन्ज भयो।

 

 

ब्रेकबिना तीन घन्टा यात्रा गर्दाको पलले भने सताई नै रह्यो। झन्डै पाँच वर्षअघि विराटनगरको एउटा साहित्यिक गोष्ठीमा जाँदा नेपाली साहित्यकार जोगवनी नाकाबाट भारततिर सपिङ गएका थिए। त्यति बेला मेरो भिसा नेपालको मात्रै भएकोले सम्भावित सुरक्षा झमेलाका कारण मचाहिँ जान सकिनँ। अचम्म, यसपटक भिसा लाएरै गएको थिएँ, दार्जिलिङ छिर्ने पशुपतिनगर नाकामा भने मेरो चेकजाँच नै भएन। मलाई दार्जिलिङ तिरकै राई गुरुङ ठानेछन् सुरक्षाकर्मीले। हामी पुग्दा दार्जिलिङमा दसैंको रौनक चल्दै थियो।

 

 

मलाई भारत पुगेको अनुभूति भइरहेकै थिएन। नेपालकै कुनै सुन्दर थलोजस्तो लाग्यो दार्जिलिङ। मञ्जुको ठूलीआमा बितेको कारण टीका थिएन, भेटघाट र परिकारमा खुब रमायौं। मलाई नेपाली खाना असाध्यै मन पर्छ। खसी र राँगाको मासुको झोलसित भातको स्वाद कोरियाबाट पनि खुब मिस गर्छु। अनि चिउरा पनि मलाई सार्‍है मन पर्छ। तरकारी नै चाहिँदैन, सुख्खा चिउरा चबाउँदा बेग्लै आनन्द आउँछ। सिक्किमबाट साथीले ल्याइदिएको व्हिस्कीसँगै दार्जिलिङमा जमेर दसैं मनायौं।

 

 

दार्जिलिङमा पर्यटकहरू सनराइज हेर्न बिहानै टाइगर हिल जाँदा रहेछन्, मचाहिँ नजिकैको चौरास्ताबाटै सनराइज हेर्थें हरेक बिहान, किनभने चौरास्तामा भानुभक्तको पूर्णकदको सालिक रहेछ। मलाई भानुभक्त आफ्नै जस्तो लाग्छ। म यो सालिक छाडेर सनराइज हेर्न टाइगर हिल जान सकिनँ। यहाँबाट पनि कञ्चनजंघाको सनराइज मज्जाले देखिने रहेछ।

 

 

धेरैजसो ठाउँमा ‘क्लिन दार्जिलिङ’ लेखिएको थियो, तर सडकचाहिँ खासै सफा लागेन। बिहान एकपटक सफाइ गरेपछि त्यसै छाडा रहेछन्। अचम्म के भने, त्यत्रो पर्यटकीय क्षेत्रमा सार्वजनिक टाइलेट कतै भेटिएन। होटलहरू पनि टाइलेटका लागि खासै उदार देखिएन। फर्किंदा इलाममा अर्को अनौठो दृश्य देखियो। हाम्रो गाडीको अगाडिपट्टिको सिसा पुलिस भ्यानको जस्तो पूरै तार जालीले छोपिएर बनाइएको थियो।

 

 

तराईमा ढुंगाबाट बच्न त्यसो गरिरहेको रहेछ। दर्शक बस्ने सिटतिरको अधिकांश झ्यालको सिसा नै थिएन। ‘यात्रुलाई एसी चाहिने भएकोले सीसा नहालेको,’ ड्र्राइभरले हाँस्दै भने। नाकाबन्दी, भूकम्प लगायतका अनेक समस्याबीच पनि नेपालीले आफ्नो हाँसोलाई बचाएको देख्दा खुसी लाग्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...