कोरियामा राजनीति गरेको भन्दै एमाओबादी संगठनका अध्यक्ष न्यौपानेलाई पक्राउ गरेर नेपाल फिर्ता पठाईयो


लिलु डुम्रे

 

 

सोल-राजनीतिमा लागेको कारण देखाई दक्षिण कोरियाको अध्यागमन बिभागले पक्राउ गरि एक नेपालीलाई फिर्ता गरेको छ ।

 

 

एमाओवादीको भगिनी संगठन जनअधिकार मंच दक्षिण कोरियाका अध्यक्ष सागरराज न्यौपानेलाई सुक्रबार नेपाल पठाएको हो । न्यौपानेसंगै उनकी श्रीमतीलाई पनि अध्यागमनले पक्राउ गरेको थियो ।

 

 

चार बर्ष दश महिनाको कार्यावधि सकेर न्यौपाने डीपेन्शी भिषा अन्तर्गत कोरिया रहेका थिए भने उनकी श्रीमती दुर्गा न्यौपाने बिद्यार्थी भिसामा अध्ययनरत थिइन । अक्टोबर १५ मा न्यौपाने दम्पतिको कोठामा अध्यागमन कर्मचारीले खानतलासी गरेका थिए ।

 

 

न्यौपाने दम्पतिलाइ गत २२ मा पक्राउ गरि हिरासतमा राखिएको थियो । एक साता हिरासतमा राखेपछि सुक्रबार कम्युनिस्ट गतिबिधिमा रहेको आरोप लगाएर नेपाल फिर्ता गरिएको छ । उनिहरु संगै पक्राउ परेका अन्य दुइ जनालाइ भने अध्यागमनले १२ लाख वन धरौटी लिएर कम्पनीको जिम्मा लगाई काममै फिर्ता गरेको छ ।

 

 

अध्यागमनले दुर्गालाई धरौटीबापत रकम लिएर छोड्ने स्वीकृति दिएपनि उनि नेपाल फिर्ता भएकी छन । सुक्रबार नेपाल फर्कने क्रममा थाईल्याण्डबाट न्यौपानेले भने राजनीति गरेको सुराकी लगाइएको कारण कानुनी उपचार सहज भएन । न्यौपानेले वकिल र कम्पनि मालिक मार्फत पुन काममा फर्कन प्रयास गरेका थिए ।

 

 

अध्यागमनका कर्मचारीले न्यौपाने पक्षका वकिललाई कम्युनिस्ट गतिबिधिमा रहेको कारण कोरिया रहन नसक्ने स्पष्ट पारेका थिए । कानुनि प्रक्रिया लामो र खर्चिलो हुनुका साथै गम्भीर उजुरी लागेका कारण कानुनी लडाईका लागि असमर्थ रहेको न्यौपानेले बताए ।

 

 

राजनीति गरेको उजुरी परेको कारण दुतावासको प्रयास अध्यागमनले सुनुवाई नगरेको कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले जानकारी गराए । भिसा अवधिमा रहेकोलाई राजनीति गरेको कारण फिर्ता गरिएको यो पहिलो घटना हो ।

 

 

अवैधानिक रहि कार्यरत जनअधिकार मंचका बिष्णु क्षेत्री र दुइ बर्ष अघि एमालेको भगिनी संगठन एनडीएफका बिक्रम राई र नरेन्द्र चेम्जोंगलाइ पनि पक्राउ गरि नेपाल पठाइएको थियो । नेपालीहरुकै उजुरीका कारण फिर्ता हुनुपरेको न्यौपानेको आशंका छ ।

 

 

त्यसै गरि नेपाली जनअधिकार मन्च दक्षिण कोरियाले प्रेस बिज्ञप्ति जारी न्यौपाने दम्पतिको गिरफ्तारिलाई भ्रत्सना गरेको छ | ‘न्युनतम मानव अधिकारको ख्याल नगरी अमानवीय तरिकाले गिरफ्तार गरेको हुदा हाम्रो संगठन स्तब्ध भयको छ ।’ मंचका प्रबक्ता चुडामणि अधिकारीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ |

 

 

बिज्ञप्तिमा भनिएको छ -‘सम्पुर्ण जनअधिकार मन्चसंग सम्बन्धित साथीहरूमा यस समयमा कत्तिपन्नी बिचलित नभै संगठन लाई अझ ससक्त र गतिसिल बनाइ अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौ। ‘

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...