निःशुल्क टिकट र भिसाको असर , कामदारको माग घटदो


काठमाडौं – निःशुल्क भिसा र टिकटको सबैभन्दा बढी असर मलेसियामा देखिएको छ। विगतमा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै नेपाली कामदार जाने मलेसियामा अहिले कामदारको माग ह्वात्तै घटेको छ।

 

 

विगत तीन वर्षदेखि प्रत्येक महिना सबैभन्दा बढी नेपाली कामदार जानेमा परेको यो मुलुक निःशुल्क टिकट र भिसा लागू गरिएपछि एकैचोटी तेस्रो नम्बरमा झरेको हो।सरकारले गएको जेठ अन्तिम सातादेखि खाडी र मलेसियामा जाने नेपाली कामदारसँग टिकट र भिसाको पैसा लिन नपाउने व्यवस्था गरेको थियो।

 

यो नियमको सबैभन्दा बढी प्रभाव अहिले मलेसियामा देखिएको हो । खाडीका अन्य मुलुकमा भने निःशुल्क टिकट र भिसा कार्यान्वयन भए पनि जाने कामदारको संख्या हालसम्म थोरैमात्रै घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि मलेसिया जाने कामदारको संख्यामा भारी कटौती भएको छ।

साउनमा जम्मा नौ हजार ६ सय ३० जनामात्र कामदार मलेसिया गएका छन्। साउनमा धेरै कामदार जानेमा मलेसिया तेस्रो नम्बरमा झरेको छ । यसैगरी, भदौमा जम्मा ६ हजार सात सय ३० जनामात्र मलेसिया पुगेका छन्। यो महिनामा पनि मलेसिया तेस्रो नम्बरमै छ।

 

दुवै महिनाको तथ्यांकले मलेसिया जाने कामदारको संख्यामा भारी कटौती भएको पुष्टि हुन्छ। जबकी, गत वर्ष साउनमा २० हजार चार सय ७४ जना नेपाली कामदार मलेसिया गएका थिए। यसैगरी, गत वर्षकै भदौमा २३ हजार तीन सय ४७ जना काम गर्न त्यहाँ पुगेका थिए।

 

मलेसिया जाने कामदारको संख्या घटेसँगै अब विस्तारै यसको असर रेमिट्यान्समा समेत पर्नेछ । मलेसियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। मलेसिया जाने संख्या घटेपछि साउदी अरब र कतार अघि देखिएका छन्।

 

यी मुलुकमा निःशुल्क टिकट र भिसा कार्यान्वयन गरिएको भए पनि मलेसियामा जति प्रभाव भने परिसकेको छैन । मलेसियाको अनुपातमा खाडी मुलुकमा जाने कामदार धेरै देखिए पनि अघिल्ला वर्षका तुलनामा भने यी मुलुकमा समेत जानेको संख्या घटेको छ।

 

वैदेशिक रोजगार विभागका अनुसार गएको साउनमा साउदीमा १४ हजार ७४ जना र कतारमा ११ हजार ६ सय नेपाली कामदार रोजगारीको खोजीमा गएका थिए । म्यानपावर व्यवसायीका अनुसार मलेसियामा कामदार लिने जिम्मा एजेन्सी तथा कन्सल्टेन्सीलाई दिइएको छ।

मलेसियाका एजेन्सीले जहाँबाट बढी कमिसन आउँछ, त्यतैतिर कामदार पठाउने भएकाले निःशुल्कको प्रावधान लागू भएपछि नेपाललाई दिँदै आएको कोटा अन्य मुलुकतर्फ पठाउन थालेका छन्। विशेषगरी, भियतनाम, म्यानमार, पाकिस्तानबाट एजेन्सीले कामदार मगाउन थालेका व्यवसायी बताउँछन् । यी मुलुकबाट धेरै कमिसन पाइने त्यहाँका एजेन्सीको दाबी छ।

 

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष टंकबहादुर राउतले निःशुल्क टिकट र भिसाको प्रावधानपछि मलेसियाको रोजगारी गुम्ने अवस्थामा पुगेको बताए। ‘पहिलो स्थानबाट अहिले तेस्रोमा झरेको छ। अब विस्तारै यो स्थानबाट पनि मलेसिया जानेको संख्या ओरालो लाग्छ,’ उनले भने।

 

मलेसियाको रोजगारी ८० देखि ९० प्रतिशतसम्म कटौती हुने उनले दाबी गरे। मलेसियामा एजेन्सीले कामदार लिने भएकाले कमिसन नपाइने भएपछि विस्तारै नेपालीलाई कटौती गर्न थालिएको राउतले बताए। तराई आन्दोलन र नाकाबन्दीले आगामी महिना अझै असर गर्ने व्यवसायीको चिन्ता छ।

सुरक्षा गार्डमा मलेसियाले नेपालीलाई निकै प्राथमिकता दिने गरेको थियो । सुरक्षा गार्डमा काम गर्न जानेले मासिक ४० हजार रूपैयाँभन्दा बढी कमाइ हुने गरेको छ । मलेसियाले खोजे अनुसार कमिसन नपाउने भएपछि भारतबाट सुरक्षा गार्डमा कामदार लैजाने योजना बनाउन थालेको म्यानपावर कम्पनीको दाबी छ।

वैदेशिक रोजगार विभागका अनुसार भदौ महिनामा कुल विदेसिने कामदारको संख्या गत वर्षको सोही महिनाको तुलनामा २३.७४ प्रतिशतले ओरालो लागेको छ। गएको भदौमा जम्मा ३९ हजार तीन सय १४ जनामात्रै वैदेशिक रोजगारीमा गएका छन्।

गत वर्ष त्यही महिना ५१ हजार पाँच सय ५१ जना काम गर्न विदेसिएका थिए । जाने संख्या घटे पनि निःशुल्क टिकट र भिसाको प्रावधान कार्यान्वयन हुँदा जाने कामदारलाई भने निकै फाइदा हुन्छ। प्रवद्र्धन शुल्कबापत एक जना कामदारसँग म्यानपावरले १० हजार रूपैयाँमात्र लिन पाउँछन्।

म्यानपावर कम्पनी र उनीहरूका एजेन्टले जाने कामदारसँग तोकिएभन्दा दोब्बर बढीसम्म रकम असुल्न थालेपछि श्रम तथा रोजगार मन्त्रालयले खाडी र मलेसियामा कामदार पठाउँदा टिकट र भिसाको शुल्क लिन नपाइने नियम बनाएको हो।

नयाँ व्यवस्था लागू हुनुभन्दा अघि मलेसियामा ८० हजार खाडी मुलुकमा कामदार पठाउँदा ७० हजार रूपैयाँ लिन पाउने नियम भए पनि जाने कामदारले मलेसियामा एक लाख ६० हजारसम्म र खाडीमा डेढ लाख रूपैयाँ बुझाउने गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...