Advertisement
SKIP THIS

नेपाली यु–१६ फुटबल टोलीमाथि प्रतिबन्ध


 

काठमाडौं – बढी उमेरका खेलाडी सहभागी गराएको भन्दै एसियाली फुटबल फेडेरेस (एएफसी) ले नेपाललार्इ यु-१६ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको छ ।

 

क्रगिस्तानको बिस्केकमा अघिल्लो महिना भएका तीनवटा छनोट खेलमा १६ वर्षमाथिका तीनजना खेलाडी सहभागी गराएको भन्दै कारबाहीस्वरूप एएफसीले नेपाललार्इ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको हो ।

नेपालले च्याम्पियन्सिपको छनोट चरणका जोर्डन, अाेमान र किर्गिस्तानविरूद्धका खेलामा १६ वर्षमाथिका तीन खेलाडी खेलाएको जनाएको छ । छनोट चरणका दुर्इवटा खेलमा विजय तथा एउटामा पराजय भोगेको नेपाली टिम उत्कृष्ट समूह उपविजेता हुँदै सन् २०१६ भारतमा हुने यु-१६ च्याम्पियन्सिपमा छानिएको थियो । एएफसीले नेपाली यु-१६ फुटबल टिमलार्इ भारतमा हुने च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको पत्र यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) लार्इ पठाइसकेको बताइएको छ ।

एएफसीले जोर्डन, ओमान र किर्गिस्तानविरूद्धको छनोट खेलमा एएफसी अनुशासन संहिताको अनुच्छेद ५५.१ को उल्लंघन गरेको ठहर गर्दै एन्फालार्इ १४ हजार ५ सय अमेरिकन डलर जरिबाना गराउने पनि निर्णय गरेको छ । त्यसैगरी एएफसी अनुशासन संहिताको अनुच्छेद ३१ अनुसार तीन टिमसँगको नतिजा उल्ट्याउँदै ती सबै खेलको नतिजा नेपाललार्इ पराजित घोषित गरिएको छ ।

त्यसैगरी संहिताको अनुच्छेद ६८ को उल्लंघन गरिएको ठहर गर्दै एएफसीले अखिल नेपाल फुटबल संघलार्इ थप १० हजार अमेरिकन डलर पनि जरिबाना गराएको छ । एएफसीले यसैगरी अबका दिनमा पनि नियम उल्लंघन गर्दै गएमा भविष्यमा एएफसीले गर्ने प्रतियोगितामा नेपाललार्इ भाग लिनबाट बञ्चित गरिने पनि चेतावनी दिएको छ।

 

बारम्बार गल्ती गर्दै गएमा यो भन्दा पनि कडा कारबाही नेपालले भोग्नुपर्ने चेतावनी एएफसीले एन्फालार्इ दिएको हो । किर्गिस्तानमा भएको एएफसी यू-१६ छनोट चरणको खेलमा उत्कृष्ट उपविजेताका रूपमा नेपाल च्याम्पियनसिप छनोट भएको थियो।

समूह चरणको अन्तिम खेलमा ओमनसँग ३-१ गोलले पराजित भए पनि नेपाल उत्कृष्ट उपविजेताका रूपमा एएफसी यू-१६ च्याम्पियनसिपका लागि छनोट भएको थियो। भारतमा आगामी वर्ष आयोजना हुने च्याम्पियनसिपमा उत्कृष्ट उपविजेताका रूपमा छनोट हुने चार टोलीमा नेपालसहित यूएई, भियतनाम र थाइल्यान्ड थिए।

समूह चरणको अन्तिम खेलमा नेपालले ओमनसँग बराबरीमात्र खेलेको भए समूह ‘बी’को विजेता बन्‍ने मौका थियो तर अन्तिम खेलमा लय गुमाएको नेपाल भाग्यमानी उपविजेता बन्दै अन्तिम १६ मा पर्न सफल भयो।

समूहको अघिल्ला दुई खेलमा सानदार प्रदर्शन गरेको नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनलाई २-१ गोलले हराएको थियो। दोस्रो खेलमा नेपालले घरेलु टोली किर्गिस्तानलाई ४-२ गोलले पराजित गरेको थियो।

समूहगत चरणको अन्तिम अर्को खेलमा घरेलु टोली किर्गिस्तानले जोर्डनलाई पराजित गरेपछि नेपालको भाग्य खुलेको थियो। एसियाका ४५ राष्ट्र सम्मिलित छनोट खेलमा सहभागीलाई ११ समूहमा विभाजन गरिएको थियो।

समूह विजेता बन्दै उज्वेकिस्तान, ओमान, इराक, साउदी अरेबिया, इरान, कुवेत, मलेसिया, उत्तर कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया र जापान फाइनल चरणका लागि छानिएका थिए। आयोजक भारत भने स्वतः छनोट भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...