Advertisement
SKIP THIS

रोजगारीका लागि साउदी पुगेका एक सय नेपाली अलपत्र


 

साउदी अरब – खाडी मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी आएका एक सय नेपाली बिचल्लीमा परेका छन्।

धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी आएका ती नेपालीले डेढ महिनादेखि काम पाउन नसकेपछि बिचल्लीमा परेका हुन्।

उनीहरु काठमाडौँमा रहेको गोल्डेन इगल मेनपावर, सस मेनपावर र एड्भाञ्चर हुमन रिसोर्स गरी तीन छुट्टाछुट्टै मेनपावरमार्फत रोजगारीका लागि साउदी आइपुगेका थिए।

दुई वर्षे करार सम्झौतामा अलजजिरा सपोर्ट सर्भिस कम्पनीमा कामदारका रुपमा आएका उनीहरुले हालसम्म काम पाउन सकेका छैनन्। गत सेप्टेम्बरको १ र २ तारिखमा विभिन्न लटमा गरी साउदी आएका उनीहरु हराजस्थित दुईवटा क्याम्पमा बेरोजगार भएर बस्न बाध्य छन्।

एक हजार तलब र दुई सय खानासहित १२ सय साउदी रियल तलब पाउने गरी सस मेनपावरमार्फत उक्त कम्पनीमा आएका दार्चुलाका वीरसिंह समालले आफू नराम्रोसँग ठगिएको दुःखेसो गरे।

मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभनमा पारेर आफूसँग एक लाख २० हजार रुपैयाँ लिएको उनले बताए। ऋण काढेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने, बस्नेसम्म टुङ्गो छैन, समालले भने – “आएको दिनदेखि नै चिसो भुइँमा सुतेका छौँ।”

पीडित समालका अनुसार कम्पनीले खानाको लागि दुई सय साउदी रियलबाहेक अहिलेसम्म केही दिएको छैन। समालसँगै आएका उदयपुरका रुद्र राउतले गोल्डेन इगल मेनपावरलाई एक लाख पाँच हजार रुपैयाँ बुझाएर उक्त कम्पनीमा आएको बताए। लाखौँ रुपैयाँ मेनपावर कम्पनीलाई बुझाएर आए पनि काम पाउन नसक्दा पीडित बन्नुपरेको राउतले गुनासो गरे। आफूसँगै उक्त क्याम्पमा रहेका एक सय नेपालीले हालसम्म काम नपाएको राउतले बताए।

गोल्डेन इगल मेनपावरमार्फत नै साउदी अरब आइपुगेका उदयपुरका प्रदीप राउतले डेढ महिना खालीहात बस्नुपर्दा घरपरिवारसमेत तनावमा रहेको बताए।

मासिक १२ सय रियल कमाइ हुन्छ भनेर मेनपावर कम्पनीले ७० हजार रुपैयाँ लिएको उनले सुनाए। “घरपरिवार छाडेर धन कमाउन भनेर विदेश त आइयो तर यहाँ, न खाने बस्ने ठेगान छ, न काम नै पाइएको छ, हामी त बिचल्लीमा परेका छौँ” – राउतले निराश हुँदै भने।

काम लगाउने विषयमा कम्पनीले चासो नदिएपछि काठमाडौँमा रहेको मेनपावर कम्पनीलाई पटकपटक फोन ग¥र्यौं, फोन गर्दा केहीदिनमै काम मिल्छ भन्ने आश्वासन पाए पनि आजसम्म काम नपाएको राउतले दुःखेसो पोखे। उनले अगाडि थपे – “आजभोलि मेनपावर कम्पनीलाई फोन गर्दा फोन उठ्दैन, फोन उठे पनि काटिदिन्छन्। एउटा कोठामा ८–९ जनासम्म कोचिएर बसेका छौँ सुत्नका लागि ओछ्यान छैन, खाना पकाउन भाँडा छैनन्, न दाम न काम भएको छ, हामी त बर्बाद भयौँ।”

क्याम्पमा पिउने पानीको व्यवस्था नहुँदा केही नेपाली कामदार बिरामी परेको उनले बताए। राउतका अनुसार कम्पनीले काममा लगाउन नसक्दा केही नेपाली कामदार कामको खाजीमा कम्पनी छाडेर भागेका छन्।

यस्तै सस मेनपावरमार्फत ९० हजार रुपैयाँ बुझाएर सो कम्पनीमा कामदारका रुपमा आएका सिन्धुलीका सूर्य लामाले मेनपावर कम्पनीले आफूहरुलाई विदेशी भूमिमा अलपत्र पारेको बताए। कमाइ हुन नसक्दा घरपरिवारलाई फोन गर्नसमेत नपाएको उनले गुनासो गरे।

एड्भाञ्चार हुमन रिसोर्समार्फत साउदी आइपुगेका महोत्तरीका भरत यादवले डेढ महिनादेखि काम गर्न नपाउँदा आफूहरु निकै पीडित बनेको बताए। मेनपावर कम्पनीले आफूसँग ९० हजार रुपैयाँ लिएर पठाएको भए पनि अहिलेसम्म काममा लगाउन नसकेको यादवले सुनाए।

गोल्डेन इगल मेनपावरमार्फत नै साउदी आएका तेह्रथुमका हजिन्द्रबहादुर कार्कीको पीडा पनि उस्तै छ। साहुसँग ऋण लिएर ७८ हजार रुपैयाँ तिरेर विदेश आए पनि कमाइ हुन नसक्दा निकै अप्ठ्यारोमा परेकोे उनले बताए। काम नपाएर आफूहरु बिचल्लीमा परेको विषयमा हारगुहारका लागि कसैसँग सम्पर्क गर्न नसकिएको कार्कीले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...