Advertisement
SKIP THIS

सुन्दर नेपाल किम्पोमा (फोटो फिचरसहित)


सोल- ‘यो डोल्पाको फोत गाउं हो, यहां हामी दिउंसो १२ बजे पुगेका थियौं ।’ कोरियाली फोटो पत्रकार छो जीन सुले काठमा प्रीन्ट गरेर क्लिपमा टांगिएका मध्ये दायांपट्टि बिचको फोटो देखाउन्दै ५ बर्ष अघिको कुरा सम्झिए । फोटोमा घमाइलो पहाडको फेदीमा ढुगाको घरअघि ठीट लाग्दो एक बृद्ध महिला उभिएकी छिन् । त्यहि फोटो सुम्सुम्यौदै औंल्याए “यो थुम्को पल्लोपट्टि तिब्बत हो ।’

 

 

पांच बर्षअघि सूदूर पश्चिमान्चल क्षेत्रमा आफुले भोगेको नेपाली प्रकृति, जैबिक बिबिधता र भौगोलिक सुन्दरतासंग सम्बन्धित यस्ता धेरै कथा र अनुभूतिहरु नेपाली भाषा मिसाउन्दै उनले तस्बिर हेर्न मन्त्रमुग्ध अवलोकनकर्ताहरुलाई सुनाए । उनले पेन्ट सुर्काउन्दै देखाए “यी सबै घाउहरु चोपला क्षेत्रको दृश्य कैद गर्दा लगेका हुन् । यो क्षेत्र जोखिम रहेकाले दायांबायां डोरीको सहरा लिनु परेको थियो ।’

 

 

सुले सन् १९९३ देखि नेपाली प्रकृति र जनजिवनको तस्बिर आफ्नो क्यामेरामा कैद गर्न थालेका हुन् । त्यसयता हरेक बर्ष ३ महिना नेपाल रहेर नेपाली प्राकृतिक सुन्दरता क्यमेरामा कैद गर्दै आएका छन् । यसपाली भन २००८, २००९ र २०१० तीन बर्षसम्म सूदुर पश्चिमंचल क्षेत्रका खिचिएका उत्कृष्ठ फोटोहरुको प्रदर्श्निमा उनले यस्ता कथा सुनाएका हुन् । उनको कुरा सुनेर ख्यङगीदो किम्पो सिमिन हेग्वानमा जम्मा भएका नेपाली र कोरियन सयौं अवलोकनकर्ताहरु चाख मानेर सुनीरहेका थिए ।

 

 

प्रर्दशनको आकर्षणको रुपमा भुकोट, काकोट, डोल्पो, हुम्ला, जुम्ला, सिमिकोट, बझाङ बजुरा आपी हिमाल, सैपाल हिमालका दृष्यहरु बिशेष रहेका छन् । उनले त्यस क्षेत्रमा बसोबस गर्ने नेपालीहरुको वास्तबिक जिबन कथालाई तस्बिरमा सजिव रुपमा कैद गरेका छन् । २ करोड रुपैयांको लागतमा ’टेलिङ अ स्टोरी थ्रो वेस्ट्रन नेपाल’ नाम दिइएको प्रर्दशनीमा १ सय ५० वटा तस्बिर रखिएका छन् ।

ki-1

 

प्रर्दशनी अक्टोबर ११ सम्म चल्ने जनाइएको छ भने फोटो बिक्रिबाट उठेको रकमले भूकम्पबाट अधिकतम प्रभावित सिन्धुपाल्चोक र नुवाकोटमा एकएक अनाथालय निर्माण गर्ने योजना रहेको छ । अनाथालयमा भूकम्पबाट अभिभावक गुमाएका बालबालिकाहरुलाई अश्रय दिइने योजना बनाइएको छ ।

 

 

अपरान्ह ४ बजे किम्पो नगरापलिकाका मेयर यो योङ रोक, एसियन जर्नालिस्ट एसोसिएशन (आजा) का सस्थापक अध्यक्ष ली साङ कि, सोलस्थित नेपाली राजदूताबासका श्रम सहचारी अनिल गुरुङ, कोरिया (नेपाल एसोसिएशनका पदाधिकारी लगायतका बिशिष्ठ अतिथिहरुले रिबन र केक काटेर संयुक्त रुपमा प्रर्दशनी उद्घघाटन गरेका थिए ।

 

 

मेयर रोकले सफलताको कामना गर्दै किम्पो नगरमा नेपाली प्राकृतिक सौन्दर्यको प्रर्दशनी हुनु नगरबासीका लागि गौरवको कुरा बताए । उनले भूकम्पका कारण दुखेको नेपालीको मनमा ले मल्हम सुुले लगाउने काम गरेको सुनाए । नेपालका तस्बिरहरु नगर क्षेत्रमा सजाएर राखिने जानकारी दिंदा तालीले प्रदर्शनी हल गुन्जिएको थियो ।

 

 

त्यस्तै आजाका सस्थापक अध्यक्ष लीले प्रदर्शनीको सफलता कामना गर्दै सुको दृढ स्वभावले नै यो सम्भव भएको बताए । उनले उपस्थित उद्योगपतिहरुलाई तस्बिर किनेर सहयोग गर्न आग्रह गरे । श्रम सहचारी गुरुङले नेपाल र नेपालीले गर्नुपर्ने काम सुले गरेर नेपालीलाई ठुलो गुण लगाएको भन्दै धन्य्वाद दिएका थिए ।

 

ki-2

सुले भने नेपाली प्रकृतिलाई तस्बिरका माध्यमबाट मानवीकरण गर्ने प्रयासमा २३ बर्षदेखि नेपालको बिकट क्षेत्रहरुको तस्बिर आफुले लिएको बताए । नेपाली प्रकृतिले आफ्नो मन सर्धै तानिरहेको बाताए ।

 

प्रर्दशनीको अवसरमा सुले बिगत १३ बर्षदेखि नियमित रुपमा छोसन मासिकमा प्रकाशन गरेको फोटो फिचर संग्रह “इश्वरको मुहार र हासोको भुमि’ पनि बिमोचन गरिएको थियो । २ सय पृष्ठ लामो यो संग्रहमा नेपाली जनजिबनको ब्याख्या सबिस्तार गरेका छन् ।

 

 

बिगत १३ बर्षदेखि नियमित रुपमा उनले छोसन मासिकमा फोटो फिचर प्रकाशन गर्दै आएका छन् । उनको फिचर अध्ययन गरेर नेपाल जाने कोरियाली पर्यटकको संख्या धेरै छ । उनि नेपालको सबैभन्दा धेरै तस्बिर खिच्ने बिदेशी पत्रकार फोटो हुन् । यसअघि काठमाडौं, पोखरा र सोलमा बृहद प्रर्दशनी गरिसकेका छन् ।

kimpo7

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...