Advertisement
SKIP THIS

कोरियामा इन्द्रजितको ‘रहर’


लिलु डुम्रे

सोल -कामका लागि दक्षिण कोरिया रहेका गितकार इन्द्रजित लावतीले गीति संग्रह रहर लिएर श्रोतामाझ आएका छन् । यासक ४ पाँचथरमा तिसबर्ष अघि जन्मिएका गीतकार लावतीको यो पहिलो गीति एल्बम हो ।

 

रोजगारीका लागि चार बर्ष देखि यहाँ रहेका लावतीको रहर गीति संग्रहमा दश गित सग्रहित छन् । संग्रहित गितमा बोलाउन मन लाग्छ ,अन्तै बाटो मोडे पछि ,जसले बढी चोट दिन्छ ,तिम्रो न्यानो साथ , समाबेश गरिएको छ । जब साँझ ,भुल्न भन्यौ ,तिम्रो आत्म ,धेरै माया र घात गर्यौ पनि रहर एल्बममा समेटिएका लावतीका रचनाहरु हुन् । आधुनिक र लोक समिश्रण गरि गीति संग्रह बजारमा ल्याईएको गीतकार लावतीले जानकारी दिए ।

 

सुगम संगीत र गजलमा चर्चित स्वर रहेकी अन्जु पन्त देखि प्रथम नेपाली तारा दिपक लिम्बु र पप गायक प्रमोद खरेलले रहर गीति संग्रहमा आवाज भरेका छन् । लावतीको गीति संग्रहमा नया गायक गायिकाहरुले पनि स्थान पाएका छन् । उत्तम जंग लिम्बु, मेलिना राई, परिहास सुब्बा,प्रकृति थलंग ,गोबिन्द खजुम ,सी डी विजय ,र सुन्दर पदम लावतीले स्वर दिएका छन । लावतीको रहरलाइ महेश खडका ,डी आर अटु र राजशुक्र लिम्बुले संगीत दिएका छन् ।

 

कोरियाको कामसंगै गीति संग्रहको चाहना पुरा गर्न सकेको प्रति गीतकार लावती खुसि देखिए । गत आइतबार विमोचित गीति संग्रह आर्थिक उपार्जन भन्दा पनि आत्मसन्तुष्टिका लागि बजारमा ल्याईएको उनले प्रष्ट्याए । प्रबाशबाट गायक गायिका र संगीतकारलाइ संयोजन गरि संग्रह तयार गर्न दुइ बर्ष लागेको लावतीले जानकारी दिए । गीति संग्रहको दुइ गितको छायांकन दक्षिण कोरियामा गरिएको छ भने एक म्युजिक भिडीयो नेपालमा तयार भएको छ ।

https://www.youtube.com/watch?v=FrM9XUTnpNs

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई लाइभ कन्सर्टमा DSLR क्यामरा सहित प्रवेश गर्न के के छन प्रवधान?
  • ब्लकबस्टर चलचित्र ‘अञ्जिला’ कोरियामा पनि आक्रमक रुपमा प्रदर्शन हुँदै
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...