Advertisement
SKIP THIS

अटिजमको क्षेत्रमा कार्यरत सबिता कोरियामा सम्मानित


 

सोल – काठमाडौको पेप्सीकोलामा ”विशेष स्कुल तथा पुर्नस्थापना” ( एस. एस. डि .आर. सी.) केन्द्र खोलेर अटिजम बालाबालिका लागि काम गर्दै आएकी दोलखा – नाम्दुकी सबिता उप्रेती कोरियामा सम्मानित भएकी छिन |

गत २८ तारिख सोल स्थित जोगेसा गुम्बा कल्चर हलमा अटिजम बालबालिका सहयोग अभियान कोरियाले आयोजना गरेको सम्मान कार्यक्रम संस्थाका अध्यक्ष बिक्रम ठकुरीको सभापतित्वमा भएको थियो |

उक्त कार्यक्रममा श्रम सहचारी अनिल गुरुङ , आईसीसी प्रतिनिधि केपी सिटौला , एनआरएन कोरियाका निबर्तमान अध्यक्ष बिनोद कुवर , जनजाती महासंघ कोरिया निबर्तमान अध्यक्ष भक्त शेरचन , सोन्सिक अध्यक्ष ईन्दिरा तिवारी विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ब्यापारी , बिद्यार्थी , पत्रकार लगायत कोरियामा विभिन्न पेशामा आवद्ध नेपाली समुदायको उल्लेखनिय उपस्थिति रहेको थियो | उक्त कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले एस. एस. डि .आर. सीलाई आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए |

 

12059599_10207951876900609_705359383_o

२०६८ साल चैत देखि संस्था खोलेर अटिजम बलाबालिका लागि काम गर्दै आएकी उप्रेतीको विशेष स्कुल तथा पुर्नस्थापना ( एस. एस. डि .आर. सी.} केन्द्रले स्थापना काल देखि ४ सय ८० जना बदिलाई सेवा प्रदान गरिसकेको छ | घरको आर्थिक स्थिति सवल नहुदा नहुदै पनि परिवारसंग आफ्नो बिहेमा दाईजोमा दिने पैसा मागेर संस्था सुरु गरेकी थिइन् | २ वर्ष अघि अमेरिकाको डिभी परेर पनि अमेरिकाको मोह त्यागेर आफ्नो जीवन अटिजम बालबालिकाको लागि सारा जीवन समर्पित गरिरहेकी छिन |
यस अघि नै ईन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल मरिसियसले सम्मानित भई सकेकी सबिता उप्रेतीले कोरियामा सम्मानित हुन् पाउदा अत्यन्त खुसी लागेको बताउदै अटिजम बालबालिका लागि काम गर्न हौसला मिलेको र आगामी दिनमा देश भरिका अटिजम बालाबालिका समेट्दै अगाडी बढने योजना रहेको बताईन |
सोहि कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भने संस्थाले संकलन गरेको सम्पूर्ण रकम मध्ये खर्च कटाएर बाँकी रकम सबिता उप्रेतीलाई हस्तातरण गरिएको थियो |
कार्यक्रमको संचालन पत्रकार मीन प्रकाश उप्रेतीले गरेका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...