Advertisement
SKIP THIS

एनआरएन कोरियाको निर्वाचनमा कम्प्यूटर भोटिङ हुने


सोल-सेप्टेम्वर २९ अथवा मंगलवार हुने एनआरएन कोरियाको पाँचौ निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको कुरा निर्वाचन समितिका संयोजक रुद्र शर्माले जानकारी दिएका छन ।

शर्माका अनुसार २८ तारिकका दिन ईन्डियन प्यालेस रेष्टुरेण्ट आनमदोङ सोलमा बसेको निर्वाचन समिति तथा प्रत्यासी उम्मेदवारहरु विच निर्वाचनलाई कसरी सबैलाई मान्य हुने गरि शान्तीपूर्ण तरिकाबाट सभ्य,भब्य, निष्पक्ष र धांधलीरहित सम्पन्न गर्ने विषयमा छलफल भएको थियो |

 

 

सो बैठकमा निर्वाचन सम्वन्धी एजेण्डामा ब्यापक छलफल गरि निर्वाचन समिति र उम्मेदवारहरु विच विभिन्न विषयमा निर्णयहरु गर्दै सहमती पत्रमा हस्ताक्षर गरिएको थियो |

जसअनुसार गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कोरिया चौथौ कार्य समितिबाट उपलब्ध गराईएका नामावलीलाई नै आधिकारिक मान्ने गरि मतदाता प्रकृया सञ्चालन गर्ने निर्णय भएको छ |

 

 

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएका वा कारणबस हराएको हकमा आयोजक समितिको लिखित निवेदन तथा प्रमारिकरणको आधारमा मतदान गर्न दिने निर्णय गर्नुका साथै निर्वाचन समिति द्वरा तयार पारिएको आचारसंहिताको ईमानदारिताका साथ अक्षरंश पालना गर्ने सहमति भएको छ |

 

 

त्यस्तै निर्वाचन कम्प्यूटर भोटिङ सिस्टमबाट सञ्चालन गर्ने निर्णय गरिएको छ |कम्प्यूटर भोटिङ सिस्टम प्रयोग गर्न असक्षम मतदाताको हकमा निर्वाचन समिति समक्ष लिखित निबेदन पेश गरि निर्वाचन समितिको अनुमतीमा कागजी मत-पत्रमा मतदान गर्न दिने निर्णय भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...