एनआरएन कोरियामा १८ पदका लागि ३८ जनाको उम्मेदवारी


लिलु डुम्रे

सोल-मंगलबार हुन गइरहेको गैर आवाशीय नेपाली संघ दक्षिण कोरियाको पाँचौ अधिबेसनका लागि १८ पदमा ३८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुइ व्यवसायी रविन तामांग र राजु क्षेत्रीको उम्मेदवारी परेको छ । तामांग रेस्टुरेन्ट व्यवसायमा संलग्न छन भने क्षेत्रीले रेस्टुरेन्टको साथै खेलकुदलाइ पनि निरन्तरता दिएका छन् ।

 

 

छ जनाको उम्मेदवारी परेको अध्यक्ष पदका अन्य आकांक्षिले उम्मेदवारी फिर्ता लिए पछि तामांग र क्षेत्री चुनावी मैदानमा देखिएका छन् । सम्भावना देखिएका यज्ञराज सुबेदीले बीचमा उम्मेदवारी फिर्ता लिएका छन् । इपिएस मार्फत कोरिया आउने कामदारको पक्षमा बेलाबखत कानुनी र अन्य सहयोग गर्दै आएका सुबेदीले भने आर्थिकको चलखेल र सामाजिक सेवा भन्दा बाहिर एनआरएन गतिबिधि देखिएकोले पदीय जिम्मेवारीमा बस्न चाहना भएन ।

 

 

बिधान अनुसार दुइ जना प्राप्त गरिने आइसिसि सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । आइसिसि सदस्यका लागि एनआरएन कोरियाका सस्थापक केपि सिटौला , बर्तमान अध्यक्ष बिनोद कुवर ,पत्रकार महासंघ कोरियका पुर्ब सभापति खेम कार्की बर्तमान महासचिव तथा अनुसन्धानकर्ता प्रकाश धमला र पेशाकर्मी लोचन राई भिडदै छन् । बिधान संसोधन मार्फत अनुकुलको पद सिर्जना गरि बरिस्ठ उपाध्यक्षको पद पनि सिर्जना गरिएको छ ।

 

पदका आकांक्षि बढेर धेरैलाइ चित्त बुझाउन नयाँ पद सिर्जना गरिएको एनआरएन कोरियाका प्रबक्ता बिमल सुबेदीले स्पष्ट पारे । बरिष्ठ उपाध्यक्षको लागि इपिएस मार्फत आएका नवराज थिंग तामांग र ओम नारायण जुक्जाली भिड्न लागेका छन् । तिन जना उपाध्यक्षका लागि सात जनाको नाम परेको छ अमृत राई ,गोविन्द पाण्डे, जुनु गुरुंग ,प्रशान्त राज बानिया ,विपिन गुरुंग, लक्ष्मी लामा गुरुंग, लाल बहादुर साउथले उक्त पदको दाबी गरेका छन् । गुरुङ त्रय व्यवसायी हुन भने अन्य इपिएस मार्फत रोजगारीका लागि कोरिया प्रवेश गरेका युवाहरु हुन् । महासचिवको एक पदका लागि तिन जनाले उम्मेदवारी दर्ता गरेका छन् उमेश राई, दिपक पुन लक्ष्मण दहाल उक्त पदका प्रत्यासी रहेका छन् ।

 

 

दुइ जना सचिवको लागि पाँचको उम्मेदवारी परेको छ । सचिवका प्रत्यासी सबै इपिएस कामदार हुन । ईश्वर देवकोटा, बालकृष्ण त्रिपाठी,राजु सन्तोषी थापा,शोगेन्द्र घले, हरि प्रसाद खनाल उक्त पदका आकांक्षि हुन् । १८ पदका लागि गरिने निर्वाचनमा सह कोषाध्यक्ष र छ सदस्यहरु बाहेकको निर्बिरोध हुन सकेन । नवनिर्वा्चित कार्यसमितिले दुइ आइसिसि प्रतिनिधि र एक प्रबक्ता मनोनित गरेर २१ सदस्यीय कार्यसमिति गठन गर्नसक्ने बिधानमा उल्लेख गरिएको छ ।

 

 

यस अघि सेप्टेम्बर १२ र १३ का लागि तोकिएको अधिबेसन बर्तमान कार्यसमितिले तोकिए अनुसारको काम गर्न नसकेको भनि निर्वाचन मण्डलका पदाधिकारीले राजिनामा दिएपछि रोकिएको थियो । हाल सोहि निर्वाचन मण्डललाइ पुन अधिबेसन गर्ने गरि जिम्मेवारी दिईएको छ । पदका लागि मरिहत्ते गर्ने प्रबृत्तिलाइ निरुत्साहित गर्न उम्मेदवारी दिनेलाइ शुल्क दोब्बर वृद्धि गरिएको प्रबक्ता सुबेदीले जानकारी दिए माथिल्लो पद आइसीसी सदस्यका लागि ११ लाख र अन्य पदका लागि पदीय जिम्मेवारी अनुसार एक लाख कम गर्दै सदस्यका लागि दुइ लाख वन शुल्क तोकिएको छ ।

 

 

 

दुइ हजार तिन सय कुल मतदाता रहेको गैर आवाशीय नेपाली संघ दक्षिण कोरिया शाखाको मतदान विद्युतीय माध्यमबाट गरिने छ । कुल मतदातामा ९५ प्रतिशत भन्दा बढी इपिएस मार्फत कामका लागि आएका युवाहरु छन् । उम्मेदवारी उपर दाबी बिरोध सुक्रबार र उम्मेदवारी फिर्ता सनिबारका लागि तोकिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...