Advertisement
SKIP THIS

ईपीएस परिक्षा हालसम्म २ लाख ५ हजारले दिए


सोल-दक्षिण कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष कामदार पठाउन नेपालमा रोजगार अनुुमति प्रणाली (ईपीएस) को परीक्षा हालसम्म छ पटक संचालन भएको छ । ईपीएसको ६ वटा सस्करणमा कुल २ लाख ५ हजार २ सय ९८ जनाले परीक्षा दिएका छन् ।

 

 

प्रत्येक परीक्षामा नेपाली युवाहरुले उत्साहजनक रुपमा आवेदन दिए पनि उतीर्ण संख्या ज्यादै न्यून रहेको छ । हालसम्मको तथ्यांक अनुुसार उतीर्ण सख्या २०.३५ प्रतिशत अर्थात ४१ हजार ७ सय ९५ मात्र रहेको छ ।

 

 

नेपाल र कोरिया बिच सन् २००७ को जुलाई २३ मा ईपीएस सम्बन्धी सम्झौता भएपछि २००८ मा पहिलो पटक परीक्षा संचालन भएको थियो । पहिलो परीक्षामा ३१ हजार ५ सय २५ सामेल थिए भने ६ हजार ७ सय ८६ उतीर्ण भएका थिए ।

 

 

त्यस्तै २०१० मा ३६ हजार २ सय २ , २०११ मा ५० हजार ४३ र २०१३ मा ४४ हजार १ सय २२ नेपाली युुवाले ईपीएस परीक्षा दिएका थिए ।

 

 

गत असोज २ र ३ गते सम्पन्न छैटौं परीक्षा ४३ हजार बढीले दिएका छन् । काठमाडौं र पोखरामा भएको परीक्षामा ४३ हजार ४ सय ६ जनाले परीक्षा दिएका हुन् । यसपालिका लागि ५१ हजार १ सय ३७ जनाले आवेदन भरेका थिए ।

 

 

परीक्षा काठमाडौंमा १५ र पोखरामा ३ गरि १८ केन्द्रमा संचालन गरिएको थियो । काठमाडौंबाट ३६ हजार १ सय २१ ले र पोखराबाट ७ हजार २ सय ८५ ले परीक्षा दिएका थिए । २ दिनसम्म २ सिफ्टमा परीक्षा संचालन भएको थियो । परीक्षाफल असोज २१ गते सार्बजनिक गर्ने कार्यक्रम रहेको छ ।

 

 

यो परीक्षा उतीर्ण परीक्षार्थीहरु २०१६ को कोटामा कोरिया आउनेछन । यसपाली ७ हजार १ सय परीक्षार्थी उतीर्ण गराइने कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी)ले जनाएको छ । यस मध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र कृषि तथा पशुपालन तर्फ २ हजार २ सय कोटा बिभाजन गरिएको छ ।

 

 

कोरियाको अध्यागमन विभागले जनाए अनुसार नेपालमा रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता ३२ हजारभन्दा बढि नेपाली युवा रोजगारीका लागि कोरिया आएका छन् । केहि महिनाअघि उपलब्ध गराइएको तथ्यांक अनुसार आठ बर्षमा ३० हजार ५ सय ३५ पुरुष र २ हजार ५२ जना महिला गरि ३२ हजार ५ सय ८७ नेपाली युवाले रोजगारीको अवसर पाएक हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई लाइभ कन्सर्टमा DSLR क्यामरा सहित प्रवेश गर्न के के छन प्रवधान?
  • ब्लकबस्टर चलचित्र ‘अञ्जिला’ कोरियामा पनि आक्रमक रुपमा प्रदर्शन हुँदै
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...