कर्म ब्याण्ड २५ तारिक कोरिया आईपुग्ने


सोल -रोधी सांगीतिक सौगात भाग–३, मा हुने ‘कर्म ब्याण्ड लाईभ कन्सर्ट’ का लागि कर्म ब्याण्डका टिम अगामी २५ तारिक कोरिया आईपुग्ने भएका छन् ।

 

ब्याण्डमा आबद्ध ५ जनाको टिम मध्य भोकलिष्ट सुरेन्द्रमान सिं अमेरिकाबाट र लिड गीटारिष्ट तथा ब्याक भोकलिष्ट बासुदेव श्रेष्ठ, प्रक्यूजन प्रशान्त महर्जन, ड्रम तथा साईड भोकलिष्ट कुमार महर्जन र बेस गीटारिष्ट मनिकमान सिं लगायतको टोली नेपालबाट आउनेछन् ।

 

कार्यक्रमको अन्तिम चयारी भईरहेका बेला आयोजक तमु धीँ दक्षिण कोरियाका अध्यक्ष एवं कार्यक्रम संयोजक सुरज गुरुङ्ले दिएको जानकारी अनुसार कोरियामै एकदिने रियलसल गर्ने गरी ब्याण्डका सदस्यहरु २५ तारिक आउन लागेका हुन् ।

 

गुरुङ्को अनुसार ब्याण्डका सदस्यहरुलाई स्वागत गर्न  तमु धीँका सल्लाहकारहरु नारायण गुरुङ्, बेल गुरुङ् लगायतको टोली एयरपोर्ट जानेछ ।

 

ब्याण्डका मुख्य भोकलिष्ट सुरेन्द्रमान सिंले ब्याण्डका अन्य सदस्यहरुसँग कन्सर्ट हलमै एकदिने रियलसल गर्दा दर्शकलाई तताउन सजिलो हुने बताएपछि आयोजकले त्यसको ब्यवस्थापन गरेको गुरुङ्ले जानकारी दिए ।

 

 

रोधी सांगीतिक सौगात भाग–३ अन्र्तगतको लाईभ कन्सर्टमा ब्याण्डले हुँक मेरो, कहाँ होला घरबार, खुकुरीलाई अचानो, कलिलो तामालाई लगायतका दर्जन गीत गाउने बताईएको छ ।

 

लाईभ ब्याण्डसँगै दर्शक तताउनका लागि आउने सुगम संगीतकी चर्चीत गायिका अन्जु पन्त र लोकदोहोरी गायिका कृष्ण गुरुङ् भने २६ तारिक मात्रै कोरिया आईपुग्नेछन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...