Advertisement
SKIP THIS

झोगेसा गुम्बाको पुरस्कारै पुरस्कार


धन गुरुङ

सोल-बुद्धिस्टहरुको महायान ग्रुपको झोगेसा गुम्बाको बिदेश बिभागले विविध कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।आज झोगेसा गुम्बाको बिदेश बिभागको कार्यालयमा सम्पन्न १० देशको सामुहिक बैठकले उक्त निर्णय गरेको नेपालको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी भएका बौद्ध परिवार कोरियाको अध्यक्ष ईश्वर गुरुङले जानकारी दिएका छन ।

 

बैठकमा नेपाल थाइल्यान्ड , मंगोल, चीन, बर्मा , भियतनाम , श्रीलंका र लाओस देशका कोरियामा संगठित संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । बौद्ध परिवारका अध्यक्ष गुरुङले जानकारी गराएअनुसार विविध कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता र निशुल्क लन्च कुपन प्रमुख रहेका छन ।

 

नेपालको प्रतिनिधित्व गरेको बौद्ध परिवारले सोही ठाँउमा आयोजना गरेको बैठकले उक्त कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई सहभागी हुन अनुरोध गर्दै कार्यक्रममा नेपालको तयारीको लागि विभिन्न संयोजक, उपसंयोजकहरुको चयन पनि गरिएको छ ।

 

भलिबल संयोजकको जिम्मा अमीत रानालाई दिएको छ भने साँस्कृतिक संयोजकको जिम्मा बौद्ध परिवारका वरिष्ठ उपाध्यक्ष रमेश श्रेष्ठ, सदस्यहरु सतिश गुरुङ र लेशन गुरुङलाई दिएको छ ।

 

त्यसैगरी अरु संयोजकहरुमा बसको व्यवस्थापनमा उपाध्यक्ष प्रकाश लामा, कार्यक्रम सञ्चालन उदघोषिका रचना राई, बुथ संयोजक पेम्बा ह्योल्मो सदस्यहरुमा पुर्ण तामाङ, सम्झना ह्योल्मो, एण्डी शेर्पा, निर्मल महर्जन र कृष्ण मुस्यान र निशुल्क लन्च व्यवस्थापनको जिम्मा मिलन रानालाई छनौट गरेका छन ।

 

भलिबल प्रतियोगिताको लागि पुरस्कार राशीमा प्रथम पुरस्कार सात लाख वोन, दोस्रो पुरस्कार तीन लाख वोन र तेस्रो पुरस्कार एक लाख वोन र विभिन्न उपहारहरु राखिएको गुरुङले जानकारी दिए ।

 

नृत्य तर्फ प्रथम दस लाख वोन, दोस्रो तीन लाख वोन सहभागी २ समूहलाई र तेस्रो एक लाख वोन साथमा विभिन्न उपहारहरु रहेका छन । निशुल्क लन्च कुपनमा प्रथम दश लाखको नोट बुक , दोस्रो सात लाख वोन , तेस्रो टेलिभिजन ३२ ” इन्चको, चौथो ग्यास रेन्जी , पाँचौ राइस कुकर, छैटौं साइकल , सातौं पंखा र आठौं उपहार सेटहरु छन ।

 

अनुशासित र राम्रो हुटिङ गर्ने देशको टिम र बढी दर्शक उपस्थित गराउने देशको टिमलाई विशेष उपहार प्रदान गरिने छ भने कार्यक्रममा उपस्थित हुने सम्पुर्ण सहभागीलाई टिसर्ट, स्याम्पु र साबुन उपहार प्रदान गर्ने गुरुङले बताए ।

 

देशलाई चिनाउन , प्रतिभावान खेलाडी र नृत्यकारहरलाई आफ्नो प्रतिभा देखाउने महत्त्वपूर्ण अवसर भएकोले उपस्थित हुन बौद्ध परिवारका अध्यक्ष गुरुङले सबै नेपालीलाई आग्रह गरेका छ्न ।

 

कार्यक्रम अक्टोबर १० तारीखमा छल्लदो फो छन्जुमा हुनेछ । कार्यक्रममा जानको लागि दोङ्देमुन मेट्रो ट्रेनको गेट नम्बर ३ मा अक्टोबर १० तारिखको बिहान ७ बजे ४ वटा बसको पनि व्यवस्था गरिएको छ । सहभागी हुन इच्छुक नेपालीहरु बिहान ७ बज्नु अगावै दोङ्देमुन आइपुग्नु पर्नेछ ।

 

थप जानकारीको लागि

०१०-६७०१-१९६६ ,

०१०-३२६६-९९३३ ,

०१०-३०३९-२७२ ,

०१०-६४६८-७१८६

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...