Advertisement
SKIP THIS

कोरियामा अबैधानिक नेपाली कामदार घटाइने


रीतु थेबे

काठमाडौं- दक्षिण कोरियामा रहेका अवैध नेपाली कामदार घटाउन कोरिया र नेपाल सहमत भएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले कोरियामा रहेका अवैध नेपाली कामदार घटाउन कोरियालाई सक्दो सहयोग गर्ने बताए ।

 

कोरियामै रहेका कामदारले नेपालीलाई राम्रो काममा लगाइदिने प्रलोभन देखाउने, धर्म परिवर्तन गराउने लगायतका कारणले नेपाली कामदार अवैध रुपमा बस्ने गरेको उनले बताए । भूकम्प पीडितका लागि कोरियाको विदेशी कामदार सहयोग केन्द्रले संकलन गरेको राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै महानिर्देशक सुवेदीले नेपाली कामदारलाई निर्माण क्षेत्र, सुरक्षा गार्डमा पनि रोजगारीको अवसर दिन आग्रह गरे |

 

त्यस्तै कृषि तथा पशुपालन क्षेत्रमा कोटा बढाइदिन पनि उनले आग्रह गरे । कोरियाको मागका आधारमा नेपालले कामदार पठाउन सक्ने बताए | एचआरडी कोरियाका उपाध्यक्ष कि फ्यङ हीले कोरियामा नेपाली कामदार अवैधानिक हुने क्रम बढेकोमा चिन्ता व्यक्त गरे । नेपाली कामदार इमान्दार, लगनशिल भएकाले रोजगारीको अवसर बढ्न सक्ने उनको भनाइ थियो |

भूकम्प पीडितलाई साढे तीन लाख सहयोग

भूकम्प पीडितका लागि दक्षिण कोरियाको विदेशी कामदार सहयोग केन्द्रले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा झण्डै साढे तीन लाख रुपैयाँ जम्मा गरेको छ । केन्द्रले संकलन गरेको तीन हजार तीन सय डलर एचआरडी कोरियाका उपाध्यक्ष कि फ्यङ हीले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई शनिबार हस्तान्तरण गरेका हुन् ।

यसअघि एचआरडी कोरियाले १० हजार डलर कोषमा जम्मा गरेको थियो । एचआरडीले राहतका लागि भन्दै भाषा परीक्षामा सहभागी हुनेलाई ५२ हजार वटा साइनपेन पनि बाँडेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...