Advertisement
SKIP THIS

कोरियामा पारिश्रमिकमा विभेद


सोल-दक्षिण कोरियाको उद्योगमा कार्यरत स्वदेशी र बिदेशी मजदूरबीच पारिश्रमिकमा विभेद देखिएको छ । ओईसीडी ईम्प्लाईमेन्ट आउट लुक २०१५ को प्रतिबेदनमा बिदेशी कामदारलाई कोरियन कामदार भन्दा न्यून पारिश्रमिक दिइने गरेको उल्लेख छ ।

 

बुधबार सार्बजनिक गरिएको प्रतिबेदन अनुसार कोरियन मजदूरले बिदेशी कामदारभन्दा १.५५ गुना बढी पारिश्रमिक पाउने गरेका छन् । यो ओईसिडी मुलुकका सदस्य राष्ट्रहरुमै सबैभन्दा ठुलो अन्तर हो ।

 

कोरियामा कानुनि रुपमा स्वदेशी तथा बिदेशी मजदूरबीच पारिश्रमिकको विभेद छैन । सन् २००४ मा रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता यो विभेद हटाइएको हो । कानुनी रुपमा विभेद नभए पनि रोजगारदाताले बढी पारिश्रमिक दिएपछि स्वदेशी र प्रवासी मजदूरको ज्यालामा ठुलो अन्तर देखिएको हो ।

 

कोरियापछि स्वदेशी मजदूरले धेरै पारिश्रमिक पाउने देश इटाली रहेको छ । उसले स्वदेशी मजदुरलाई बिदेशी कामदार भन्दा १.३२ प्रतिशत बढी दिने गरेको छ । त्यस्तै स्पेनमा १.३१ गुना, अमेरिकामा १.१६ गुना जर्मनीमा १.१३ गुना बढी स्वदेशी मजदूरले पारिश्रमिक पाउने गरेका छन् ।

 

प्रतिवेदनमा जापान र पोल्यान्ड बिदेशी कामदारलाई स्वदेशी कामदारभन्दा बढी पारिश्रमिक दिने देशको सुचीमा परेका छन् । तर ती देशहरुमा विदेशी कामदारहरुको संख्या न्यून रहेकाले तथ्याङ्क समावेश नगरिएको जनाइएको छ ।

 

कोरियामा स्वदेशी र बिदेशी मजदूरबीच ज्यालामा असमानता हुनको प्रमुख कारण कामको दक्षता र अदक्षताले निर्धारण गरेको श्रम विश्लेषकहरुको ठम्याई छ ।

 

कोरियन श्रम तथा सामाजिक संस्थाका विश्लेषक किम यू सुन ज्याला असमान हुनमा कोरियाली श्रम बजारमा ब्याप्त नश्लबादलाई मुख्यकारक रहेको दाबी गर्छन । उनि द कोरिया टाइम्समा भन्छन् ‘कोरियमा शिक्षित अशिक्षित महिला र पुरुषबीच पनि पारिश्रमिकमा विभेद छ । त्यस्तै नियमित र आंशिक कामदारमा पनि ।’

 

आइओएम माइग्रेसनका अनुसन्धाता ली छङ वोन पनि रोजगार अनुमति प्रणालीले समान ज्यालाको प्रत्याभूति गरेको स्वीकार गर्छन् । उनि भन्छन ‘तर सत्य हो धेरै कम्पनीहरुमा ज्याला असमान छ । यसको कारण चाही बिदेशी कामदारभन्दा कोरियन मजदूर सीपमा दक्ष छन् ।’

 

 

कोरियामा ईपीएस मार्फत बिदेशी कामदारले अदक्ष मजदूरको आवश्यकता पुरा गर्न थालेको १० बर्ष भए पनि सरकारले उनीहरुको अधिकारको प्रत्याभूति अझै नगरेको लीको गुनाशो छ ।

 

उनि सरकारले नोकरी अवधि समाप्त भएका कामदार बस्ने सेल्टर सरकारले बेवास्ता गरेको बताउन्छन् ।

 

एक अर्को प्रतिबेदन अनुसार यहा प्रवासी कामदारले २ हजार डलर भन्दा काम पारिश्रमिक पाउने गरेका छन् । कोरियाको राष्ट्रिय तथ्यांक कार्यलयले गत बर्ष सार्बजनिक गरेको तथ्यांक अनुसार ६० प्रतिशत प्रवासी कामदारले प्रति महिना औसत प्रति महिना १ हजार ६ सय ७८ डलरमात्र पाउने गरेका हुन् ।

 

श्रम कानुनमा साप्ताहिक ४० घण्टा मात्र काम गर्ने अवधि भए पनि प्रवासी कामदारले ५० घण्टा बढी काम गर्दछन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...