Advertisement
SKIP THIS

कोरियाका नेपाली कामदारलाई श्रम सहचारीको एघार सुझाव


सोल-सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिल गुरुङले रोजगार अनुमति प्रणाली मार्फत कोरिया आएका नेपाली कामदारलाई ११ सुझाव दिएका छन् | ती सुझावहरु निम्न अनुसार छन् :-

 

(१) बिहान काममा जानका लागि समयमा नै उठुनु होस् । नित्य कर्मबाट निवृत भई सके पछि आफूले गर्नु पर्ने कामको बारेमा शारिरिक तथा मानसिक रुपमा तयार हुनुहोस् । ओछ्यानबाट उठेर सोझै काममा जानु भन्दा केही समय अघि उठेर हल्का व्यायाम गरेर काममा संलग्न हुंदा शारिरिक तथा मानसिक रुपमा लाभदायक हुन्छ । कार्यस्थलमा मोबाईल नलैजानुहोस् । कोरियाली रोजगारदाताहरु कार्यस्थलमा मोबाईलको प्रयोग चाहनन् । कार्यस्थलमा मोबाईल प्रयोग गर्दा कामको गुणस्तर न्युन हुने तथा दुर्घटना समेत हुन सक्छ ।

 

 

(२) कोरियामा बढी जाडो हुने हुंदा चिसो भयो भनेर पानी कम पिउने प्रवृति पनि देखिएको छ । चिकित्सकहरुको भनाई अनुसार हामी हिटिंग सिस्टममा बस्दा अप्राकृतिक तापले गर्दा शरीरमा पानीको कमी हुने हुंदा अझ बढी पानीको आवश्यकता पर्दछ । प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउनुहोस् । शरीरलाई आवश्यक पर्ने मात्रामा संतुलित भोजन गर्नुहोस् । मासु मात्रै होईन, पर्याप्त साग पात, फलफूल पनि सेवन गर्नुहोस् ।

 

(३) आफू सुत्ने कोठामा भेन्टिलेसन छ कि छैन् हेर्नुहोस् । हिटिंग सिस्टममा अक्सिजनको कमी हुन सक्ने हुनाले पर्याप्त मात्रामा अक्सिजन कोठामा प्राप्त हुन सक्ने गरी भेन्टिलेस्न खुला गर्नुहोस् ।

 

(४) निद«ा हाम्रो स्वास्थ्यको लागि अति आवश्यक छ । पर्याप्त मात्रामा निदाउनु पनि स्वास्थ्यको लागि जरुरी छ । समयमा सुत्नुहोस्, समयमा उठ्नुहोस् । राती अबेर सम्म ननिदाएर बस्दा दिउंसो काम गर्न असहज हुन सक्छ । शारिरीक तथा मानसिक रुपमा तन्दुरुस्त हुन पनि पर्याप्त मात्रामा निदाउनु आवश्यक छ । राती अबेर सम्म ईन्टरनेटमा भुल्नु भन्दा समयमा नै निदाउनु बेस हुन्छ ।

 

 

(५) आफूले काम गर्ने मेसिनको बारेमा राम्ररी बुझ्नु होस् । मेसिनमा काम गर्दा दुर्घटना हुने अत्याधिक समस्या रहेको हुंदा, मेसिनको संचालन विधि, सुरक्षाका उपायहरु तथा पर्याप्त सर्तकता अपनाउनुहोस् । मेसिनमा काम गर्दा बढी सर्तक हुनुहोस् । औद्यौगिक दुर्घटनाबाट बच्नुहोस् ।

 

(६) कुनै पनि शारिरीक वा मानसिक समस्या भएमा उपचार गराउनुहोस् । रोग नलुकाउनु होस् । समयमा नै उपचार गरेमा रोग चांडो निको हुने तथा कम जोखिम तथा कम खर्च लाग्दछ । रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्दै नलागोस भन्ने तर्फ सर्तक रहनु होस् ।

 

(८) कोरियाली कानूनको पालना गर्नु होस् । अनुमति बिना कसैको पनि खासगरि महिलाहरुको फोटो नखिच्नुस । बिशेष कारणले तश्वीर लिनु परेमा अनुमति लिएर मात्र खिच्नुहोस् ।

 

(९) कार्यस्थलमा कसैलाई पनि यौन दुर्रव्यवहार नगर्नुस । आफूलाई कसैले यौन दुर्रव्यवहार गरेमा प्रमाण सहित प्रहरीमा उजुरी गर्न सकिन्छ ।

 

(१०)आफूलाई कुनै बिषयमा कुनै उत्सुकता भए सम्बन्धित निकायमा सोध्नु होस् । कुनै पनि भ्रामक कुरामा नपर्नुहोस् ।

 

(११) मादक पदार्थ सेवन तथा धुम्रपान नगर्नु होस् । दूध, दही, जुस ईत्यादि सेवन गर्नु होस् । संधै प्रसन्न् चित्त रहनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...